logo
  • सोमबार, असोज १२ २०८३

नेपाल लाइफ इन्सुरेन्स कम्पनी गुल्मी शाखाद्धारा मुसिकोटमा मृत्यृ दावी भुक्तानी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी मंसिर ९ ।

नेपाल लाइफ इन्सुरेन्स कम्पनि गुल्मी शाखाले एक कार्यक्रमका बिच मुसिकोटमा २,३८,२०० को मृत्यृदावी परिवारलाई भुक्तानी गरेको छ ।जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ४ निवासी यम बहादुर थापाका छोरा अमर बहादुर थापाले विगत ३ वर्ष पहिले २ लाख विमाङकको विमा गरेका थिए । वैदेशिक रोजगारीको क्र्रममा मलेसियामा हृद्यघातका कारण मृत्यृ भएकोमा कम्पनीले उहाँको मृत्यृ दावी भुक्तानी गरेको हो । विमामा लगाएको लगानीको पूर्ण सुरक्षित र सफल बोनस तथा जिवनको सुरक्षा समेत रहने भएकाले विमा गर्नका लागि सबैलाई आग्रह गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि मुसिकोट नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष ओम बहादुर के.सीले नेशनल लाइफ इन्सुरेन्स कम्पनि लिमिडेन्टलाई आफनो जिम्मेवारी पुरा गरेकोमा घन्यवाद दिए । विमामा लगानी गर्न पनि केसीले प्रेरणा दिइएका छन् ।नेपाल लाइफ इन्सुरेन्स कम्पनि लिमिटेन्ड गुल्मी शाखाका संस्थाका अध्यक्ष हरिप्रसाद भण्डारीले विमाको अर्थ र विमाका फाइदा बारे प्रकाश पारेका थिए । नेपाल लाइफ इन्सुरेन्स कम्पनि लिमिटेन्ड गुल्मी शाखाका एजेन्सी म्यानेजर बसन्त अधिकारीले विमा शिक्षाको बारेमा जानकारी दिइएका थिए । विमा जिवनको सुरक्षा समेत रहने भएकाले विमा गर्नका लागि सबैलाई आग्रह समेत अधिकारीले गरेका छन् । समुदायमा पछिल्लो समय विमाको बारेमा राम्रो संग बुझेको पाइएको छ । जसले विमा गर्दा मानिसको आजको बचत भोलीको खर्चको आधार भएको भन्दै विमा सम्बन्धी मानिसको चाहान बढ्दै गएको छ ।

कार्यक्रममा समाजसेवी विभिन्न कार्यालयका प्रमुख तथा पत्रकारको समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend