logo
  • शनिबार, भाद्र २० २०८३

रामेछाप सेवा समाजद्वारा मृगौला पिडीत तामाङ्गलाई आर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

उद्धव मगर, दोहा ।
रामेछाप सेवा समाजद्धारा मृगौला पिडीत शुकलाल तामाङ्गलाई आर्थिक सहयोग गरेको छ । रामेछाप जिल्ला दोरम्बा गाउँपालीका वाड नं.२ निवासी पासाङ तामाङ्गको छोरा वर्ष ३५ को शुकलाल तामाङ्गलाई आर्थिक सहयोग गरेको हो । तामाङ्ग लामो समयदेखि दुवै मुगौला फेल भई हाल उपचारको क्रममा रहेका छन् ।

निज तामाङ्गको आर्थिक अवस्था पनि कमजोर भएको र नेपाल सरकाबाट उपलब्ध गराउने गरीव तथा असहाय स्थास्थ उपचार अन्तर्गत मुगौला पिडीतको नियमित उपचार गर्नका लागी सोही गाउँपालीकाबाट स्वक्षीक सहयोगको लागी रामेछाप सेवा समाजमा अपील भई आएपछी सस्थाले आर्थिक सहयोग गरेको हो ।

सस्थाले समस्यालाई उजागर गर्दै नेपालमा रहनु हुने समाजसेवी काजीमान तामाङ्गले रु.२५०५ र रामेछाप सेवा समाज दोहा कतारको तर्फबाट रु. ३०००० गरी जम्मा नेपाली रु. ३२००५ गत सनिवारका दिन पिडीत शुकलाल तामाङ्गलाई नेपालबाट विषेश पहल गर्नुहुने काजीमान तामाङ्गले हस्तान्तरण गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend