logo
  • सोमबार, असोज १२ २०८३

मुसिकोटका २० बर्षिय प्रेम विश्वकर्मा एकहप्ता देखि बेपत्ता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार, गुल्मी मंसिर ७ ।
मुसिकोटका एक किशोर एक हप्तादेखि वेपत्ता बनेका छन् । मुसिकोट नगरपालिका वडा नं ३ सानपिप्ले भन्ने ठाउँका २० बर्षिय प्रेम विश्वकर्मा एक हप्तादेखि हराएको परिवारजनले बताएका छन । तिहारको दिन बहिनीको हातबाट टिका लगाएर निस्किएका उनी अहिलेसम्म घर फर्किएर नआएको उनका दाई अर्जुन विश्वकर्माले जानकारी दिए ।

छिमेकी आफन्त र चिनेजानेको सबै तिर खोजियो कतै पनि गएको जानकारी पाउन सकिएन् बुबा हरिबहादुर विश्वकर्माले भने । बिहानै हिँडेको कता गए होला सुस्त मनस्थितिका उनी हराएपछि परिवारमा चिन्ता थपिएको छ । उनी अहिले २० वर्षको भएका छन् । सुस्त मनस्थितिका उनि कालो बर्णको रहेको परिवाजनले बताएका छन ।

घरपरिवारले वामी प्रहरी चौकीमा हराएको सुचना दिइएको बताएका छन् । प्रहरी चौकीबाट विभिन्न ठाउँमा सुचना गरिएको तर अझै सम्म फेला नपरेको वामी प्रहरी चौकीले जानकारी दिइएको छ । वामी प्रहरी चौकीले जिल्ला प्रहरीलाई सुचना गरिएको बताएको छ ।

कही कतै कसैले प्रेम विश्वकर्मालाई देखेमा तुरुन्त सम्पर्क गर्न दाजु अर्जुन विश्वकर्माले बताए । यदि तपाईले फेला पारेमा नजिककको प्रहरी कार्यालय वा रेडियो गुल्मी ९१.२ मेगाहर्ज र बी टेलिभिजनको कार्यालयमा वा फोन नम्बर ९८४०९५१६३१ म सम्पर्क गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend