logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सेवा समाज कतारको अध्यक्षमा पन्थी निर्वाचित

संस्था १८ हजार रियाल मुनाफामा


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

तिलु शर्मा पौडेल, दोहा कतार ।

“गुल्मी सेवा समाजको प्रतिबद्धता नि:स्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारा लिएर सन २००३ मा कतारमा स्थापना भएको गुल्मी सेवा समाज कतारको आठौँ साधारण सभा सम्पन्न भएको छ ।आज सम्पन्न साधारण सभाबाट कुमार अविरल पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ । सभा संस्थाका अध्यक्ष झविन्द्र आचार्यको सभापतित्व तथा संरक्षक शिव खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको खुल्ला सत्रमा संस्थाका प्रथम उपाध्यक्ष कुमार अविरल पन्थीले स्वागत मन्तव्य राखेका थिए ।

बिधिबत उद्घाटन गरीएको कार्यक्रममा २७ महिने लामो कार्यकालमा संस्थाले गरेका कार्य प्रगती विवरण सचिव कमल अर्यालले पेस गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरूले सॉगीतिक प्रस्तुति दिएका थिए भने विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।खुल्ला शत्रको अन्त्यमा बोल्दै प्रमुख अतिथि शिव खड्काले समाज उदाहरणीय संस्थाको रूपमा देश देखी विदेश सम्म परिचित भएको बताए । सचिव कमल अर्यालले सहजिकरण गरेको सभाको समापन गर्दै सभापति आचार्यले आ-आफ्नो क्षेत्रबाट २७ महिने लामो कार्यकाल सम्पन्न गर्न सहयोग गर्ने कार्यसमितिका पदाधिकारी, कतारमा रहका गुल्मेली तथा सम्पूर्ण जनहरूमा कृतज्ञता प्रकट गरेका थिए ।

साधारण सभाको दोस्रो चरण अर्थात् बन्द सत्र मा संस्थाका कोषाध्यक्ष सुरज चन्दले कुल १ लाख २३ हजार ३१७ रियाल आम्दानी गर्दै १ लाख ४ हजार ९१५ रियाल खर्चिँदै १८ हजार ४०२ रियाल बचत गरेको आय व्यय विवरण प्रस्तुत गरेका थिए ।आगामी २ वर्षको लागी कुमार अविरल पन्थीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका छन् । कार्यसमितिको प्रथम उपाध्यक्षमा कमल अर्याल, दित्तिय उपाध्यक्ष, मित्र बि. एस, सचिव सुरज चन्द बोहोरा, सह-सचिव दर्शन सुनुवार, कोषाध्यक्ष कमल ज्ञवाली, सह-कोषाध्यक्ष देव लम्साल, निर्विरोध निर्वाचित भएका छन् । महिला संयोजकमा कल्पना घर्ती निर्विरोध चयन भएकी छिन भने सदस्यहरूमा टिकाराम गौतम, यमलाल पोख्रेल, चक्र चन्द, सुमन चन्द, गोपाल बहादुर पछाई, कमल खत्री, कुमार राहादी मगर, बिमल सिंह कार्की निर्वाचित भएका छन् ।नवनिर्वाचित कार्यसमितिका पदाधिकारी हरुलाइ निर्वाचन संयोजक क्रान्ति सिंहले पद तथा गोपनीयताका शपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend