साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु मङ्सिर ५ शुक्रबार |
कपिलवस्तु वाणगंगा ७, बनगाइका विजय बेल्बासेले आफ्नो जन्मदिनको अवसर पारेर कपिलवस्तु बाल मन्दिरका २९ जना बालबालिकाहरुलाई खेलकुद सामग्री र सामान्य ज्ञान को पुस्तक वितरण गरेका छन् ।

विजयले भन्छन् “जन्मदिनको दिन साथीहरूसँग रमाइलो गर्ने पैसाले खेलकुद सामग्री हस्तान्तरण गर्दा आश्रमका बालबालिकामा खेलकुद प्रति रुचि बढोस् र भविष्यमा देशको नाम रोशन गरून् भन्ने आशाका साथ सहयोग गरेको बताउनु भयो यस्तै बानी सबै जनामा बस्यो भने अवस्य पनि ती बालबालिका ले भविष्यमा खेलकुदमा एउटा छुट्टै पहिचान गराउने छन्।”

कार्यक्रममा प्रमुख अतिथिको रूपमा कपिलवस्तु बाल संघठनका अध्यक्ष गोपाल मनी गेवली, विशिष्ठ अतिथिको रूपमा सोही संस्थाका सञ्चालक राम प्रसाद अर्याल रहेका थिए भने कार्यक्रममा मधुसुदन भुसाल, अर्पण न्यौपाने, दिवस चौधरीको विशेष उपस्थिति रहेको थियो ।
उनले सबैलाई जन्मदिनमा बिना काम खर्च गर्नु भन्दा सबैलाई यसै गरि सामाजिक काममा आफ्नो हात अगाडि बढाउन आग्रह गरेको कुरा मधुसुदन भुषालले जानकारी दिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend