logo
  • सोमबार, असोज १२ २०८३

कपिलवस्तुको सिमाक्षेत्रमा खसीको तस्करी बढ्याे


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु कार्तिक ३० ।

मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी तस्करी बढेको छ l लकडाउनमा जिल्लाका सिमाक्षेत्र हुदै अवैध खसीको तस्करी बढ्दै गएकाे छ ।जिल्लाकाे कृष्णनगर,कुकुरभुक्वा,गणेशपुर सिमा क्षेत्र हुँदै नेपालमा खसीको तस्करी बढेको छ । मिति २०७७।०७।२९ गते १५:५० बजे जिल्ला कपिलवस्तु बिजयनगर गा.पा.-१ तिनघरवा स्थित भारतबाट अबैध रुपमा भन्सार छली गरी पैदल नेपाल तर्फ ल्याउदै गरेको ९ जिउ खसी ईलाका प्रहरी कार्यालय गणेशपुर र बॉर्डर आउट पोस्ट डालपुरको सयुंक्त गस्ती टोलीले बिजयनगर गा.पा.-१ तिनघरवा बाट बरामद गरेको छ । खसी तस्करीहरुलाई आवश्यक कारवाहीका लागि कृष्णनगर भन्सार पठाएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक रण बहादुर बिस्टले जानकारी दिनुभएको छ l काेराेना संक्रमणका कारण भारतसंगकाे सिमा लक भएकाले चाेरबाटाे हुँदै अवैध खसीकाे तस्करी माैलाएकाे स्थानियहरु बताउछन ।

तस्कारी गरेर ल्याईने खसीहरु महराजगंज, कृष्णनगर ,चन्द्राैटा, बुटवल,पाल्पा र ताैलिहवा सम्मा सप्लाई हुँदै आएको जानकारी प्राप्त भएको छ । भारतसंगकाे सिमा (कृष्णनगर)मा लकडाउन अवधीदेखि सशस्त्रकाे नया चेकपाेष्ट बनाइएकाे छ तर रातिकाे समयमा तस्करहरु खेतकाे डिल तथा नदीकाे किनाराकाे छेउ समाउदै नेपालमा खसी लगायत अन्य समान ओसार पाेसार गरिरहेका प्रत्यक्षदर्शीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend