logo
  • सोमबार, असोज १२ २०८३

विपन्न परिवारलाई पिपलधारा चौतारी सम्पर्क समिति द्वारा राहत वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हिमशिखर, गुल्मी कार्तिक ३०।
विश्वभर फैलिएको कोरोना संक्रमणले समाजमा निम्ताएको आर्थिक संकट र अभावलाई मध्यनजर राख्दै समाजका अति विपन्न परिवारलाई चाडपर्वमा थोरै भएपनि राहत मिलोस भन्दै वैदेशिक रोजगारीमा रहेका धुर्कोट गाँउपालिका २ पिपलधाराका युवाहरु द्वारा संचालित सामाजिक संस्था पिपलधारा चौतारी सम्पर्क समिती विश्वसंजाल गुल्मी,स्थानीय समिती र संयुत्त उपसमितीको सक्रियतामा एकल महिला तथा पुरुष र अति विपन्न परिवारलाई राहत सँगै आर्थीक सहयोग हस्तान्तरण गरेको छ।
आज सोही संस्थाको स्थानीय समितिको आयोजनामा एक कार्यक्रम गरि उक्त राहत वितरण गरेको हो। स्थानिय समितीका अध्यक्ष सुर्य खड्काको अध्यक्षता, धुकोट २ पिपलधाराका वडा अध्यक्ष नवीन जि.सि को प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य कमला घर्ती र केन्द्रीय कोषाध्यक्ष पृतम खड्काको बिशेष आतिथ्यतामा साविकका नौ ओटै वडाका ३४ अति विपन्न परिवार लाई राहत वितरण गरेको छ । राहत सामग्रीमा प्रती घरपरिवार २५ किलो चामल, दुइ किलो नुन, एक लिटर तेल , एक किलो चिनी, एक किलो दाल वितरण गरिएको थियो ।
धुर्कोट गाउँपालिका- २ गुल्मी पिपलधारा स्थित गणेश मावीको प्रांगढमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली कांग्रेसका गाउँसभापति हरि थापा,राप्रपा गाउँकमिटि अध्यक्ष टानबहादुर केसि, संस्थाका केन्द्रीय सल्लाहकार हिमशिखर रसाइली, स्थानिय सल्लाहकार द्वय बाबुराम गौतम, नरेन्द्र थापा,उपाध्यक्ष हेम थापा ,केन्द्रीय सह सचिव विष्णु विश्वकर्मा, संयुक्त उपसमितीका सह सयाेंजक अमिर खड्का,स्थानीय समितीका पुर्व अध्यक्ष रामबहादुर खड्का,गणेश माविका प्राचार्य बाबुराम खनाल लगायतको उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा शुभकामना मन्तब्य दिंदै जनप्रतिनिधि र राजनिती दलका प्रतिनिधीहरुले युवाहरुको परोपकारी कामको खुलेर प्रसंसा गरेका थिए । कार्यक्रममा बोल्दै स्थानीय पाठ्यक्रम निर्माण समिती सदस्य तथा गणेश माविका प्रअले उक्त संस्थालाई स्थानीय पाठ्यक्रममा समाबेस गर्ने जानकारी समेत गराएका थिए । सामाजिक दुरि कायम गरी सम्पन्न गरिएको उक्त राहत वितरण कार्यक्रमको संचालन स्थानीय उपाध्यक्ष हेम थापाले गर्नु भएको थियो ।

स्मरणरहोस् वैदेशिक रोजगारीमा रहेका युवाहरू द्वारा संचालित यो संस्थाले एम्बुलेन्स हस्तान्तरण, प्रतीक्षालय,विभिन्न जनचेतनामुलक होर्डिङ बोर्ड, वडामा रहेका विद्यालयहरुलाई आर्थिक सहयोग, भुकम्प पिडित, आगलागी पिडित,गरीब असहायहरु लाई आर्थिक सहयोग आदि परोपकारी कार्य गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend