साझा नेटवर्क
सूर्य सुनार,गुल्मी कार्तिक २७ ।
गुल्मीमा राष्ट्रव्यापी अनलाइन निबन्ध प्रतियोगितामा सहभागिहरुलाई सम्मान गरिएको छ । कोरोना संक्रमणको खाली समयलाई सदुपयोग गदै यही बैशाख १ गते देखि जेठ १८ गतेसम्म प्रतियोगिता सम्पन्न भएको थियो ।
बुद्धभुमी निबन्धको आयोजनामा उक्त निबन्ध प्रतियोगिता गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ गुल्मी अध्यक्ष नवराज भुसालले धुम्रपान मध्यपान र लागु पदार्थको लागि परिवारको भूमिका भन्ने विषयमा सफलहुने प्रतियोगिहरुलाई बदाई दिएका थिए । कार्यक्रममा अनेरास्वियुका विद्यार्थि नेता राजेन्द्र विक्रम कुँवारले कोरोना भाइरसले गर्दा विद्यालय नखुलेको समयमा पनि निबन्ध प्रतियोगिताले विद्यार्थिलाई थप सहयोग भएको बताए ।
सफलहुने विद्यार्थिहरुलाई नेता कुँवारले आगमि दिनको प्रगतिको पनि कामना गरेका थिए । निबन्ध प्रतियोगितामा सिर्जना पराजुली प्रथम, गोविन्द्र खत्री द्धितिय, गणेश खत्री तितृय , प्रशंसा भणडारी सात्वना भएका छन् । उक्त कार्यक्रमको संचालन नरेश कुमार भण्डारीले गरेका थिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend