साझा नेटवर्क
अनिल खत्री
२६ कात्तिक, गुल्मी । नेपालीहरुको दोस्रो महान पर्वको रुपमा मनाइने तिहार पर्व नजिकिन थालेसँगै बजारमा चहलपहल बढ्न थालेको छ । तिहारको लागि प्रयोग गरिने कृत्रिम फूलका मालाहरुले तम्घास बजार झकिझकाउ हुने गर्दथ्यो ।

तर यसवर्ष भने तम्घास बजारमा कृत्रिम फूलका मालाहरु भित्रिएका छैनन् । तिहार पर्वलाई मध्यजनर राखेर गुल्मी सदरमुकाम तम्घास बजारमा फूलको मालाको सट्टामा प्रयोग हुने कृत्रिम मालाहरु यसवर्ष भने भित्रिएका छैनन् ।
जिल्लाका बिभिन्न स्थानीय तहले कृत्रिम माला निषेध गरेकाले र फूलहरुकै माला लगाउनु पर्छ भन्ने मान्यताले पनि यसवर्ष बजारमा अघिल्लो वर्षहरुमा जस्तै कृत्रिम मालाहरु नभित्रिएका हुन् । तिहार पर्वमा दियो, पाला मात्र हैन् अहिले फूलका मालाको सट्टा बजारमा रहेका कृत्रिम फूलहरुबाट बनेका मालाहरु प्रयोग गर्ने क्रम बढ्न थालेको छ ।
गाउँघरमा प्रशसस्त मात्रामा फूलहरु नपाउनुसँगै फूलहरुको खेती समेत नगर्नुले पनि कृत्रिम मालाहरु प्रयोग बढ्ने क्रम बढदो क्रममा थियो । तर गुल्मीमा भने कृत्रिम फूलका मालाहरु तर्फ भन्दा प्रकृतिमा रहेका फूलका मालाहरु तर्फ आर्कषण बढेको छ ।

गाउँमा फुलको खेती पनि नगर्नु र केहि आफै उम्रेका फूलहरुको भरमा चाडपर्व टार्नुपर्ने गरेका कारण पनि फुलको सट्टा कृत्रिम फूलमा आश्रित हुनु परेको थियो । त्यसको अत्य गर्न जिल्लाका स्थानीय तहले कृत्रिम फूलका मालाहरुलाई निषेध गर्दै पनि आएका छन् ।
यसवर्ष तिहार पर्व ढिलो भएतापनि बजारमा कृत्रिमफूलका मालाहरु भित्रिएका छ्रैनन् । कृत्रिम फूलका मालाहरु भन्दा प्रकृतिमा लगाएर फूलेका फूलहरु लगाउन सुन्दर देखिने भएकाले यसवर्ष बजारमा कृत्रिम फूलका मालाहरु बजारमा नभित्रिएको तम्घास उदिनढुंगाका व्यवसायी गिरिराज भण्डारीले बताए ।
उनले यसवर्ष कोरोना महामारीले खासै चहलपहल नभएकाले पनि अघिल्लो वर्ष जस्तो कृतिमफूलका मालाहरु बजार नभित्रिएको तर्क रहेको छ । तर अहिले समाजमा कृतिम फूलक मालाहरु भन्दा किनेर भएपनि फूलकै मालाहरु लगाउनु पर्छ भन्ने मान्यताको बिकास भएकाले पनि कृतिमफूलमालाहरु बिस्थापित गर्न थालेको स्थानीयको तर्क रहेको छ ।
तिहारको पाँचौ दिन भाइटिकाको दिन टिकासँगै फूलका माला लगाउने प्रचलन रहि आएको छ । गाउँमा फुलहरु नहुनाले फूलको गर्जो टार्नालाई पनि आफनोे गक्ष अनुसार कृतिम मालाहरु लगाइदिने गर्दछन् । तिहार पर्वको दीपावलीमा माटोेको पालामा दियो बाल्ने चलनलाई समेत आधुनिकताले च्यापिदिएको छ ।
पहिले यमपञ्चकको पहिलो दिनदेखि माटोले बनाइएको पालामा दियो बालेरे झिलिमिली बनाइने भएपनि पछिल्लो समय विजुलि बत्ती पुगेका ठाउमा यो विस्थापित नै भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend