साझा नेटवर्क
सूर्य सुनार,गुल्मी कार्तिक २५ ।
कृषि ज्ञान केन्द्र गुल्मीले स्थानीय तहसंग समन्वययात्मक गोष्ठी कार्यक्रम मंगलबार तम्घासमा सम्पन्न गरेको छ ।
स्मार्ट कृषि गाउँ कार्यक्रमको आर्थिक वर्ष ०७७÷७८ मा तरकारी,बाख्रा,गाई,खाद्यान्न मौरी कार्यक्रमको प्रभावकारी तथा चुनौतीको विषयमा जिल्ला समन्वय समितिको सभाहलमा प्रदेश संसदहरु तथा स्थानीयतहका प्रमुखहरुको उपस्थितमा कार्यक्रम गरिएको थियो । स्मार्ट कृषि गाउँ कार्यक्रम जिल्लाको छत्रकोट गाउँपालिका वडा न.१ हुँगा, धुर्कोट गाउँपालिका वडा न.६ रजस्थल र मदाने गाउँपालिका वडा न.२ बाँझकटेरीमा तरकारी कृषि गरेका पालिकाहरुले प्रगति विवरण कार्यक्रममा प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका विशेषअधिकार समितिका सभापति कमलराज श्रेष्ठले कृषि सम्बन्धी तथा स्मार्ट कृषि गाउँ कार्यक्रमलाई सही रुपमा लैजानका लागि उठाएका प्रश्नहरु राम्रो भएको बताए । कृषि सम्बन्धी उठेका समस्यालाई आफुले सही कार्यविधि लिनका लागि सुझाव दिने बताए । लुम्बिनी प्रदेशका संसद दिनेश पन्थीले गाई पालनलाई छाड्न भन्दा यसलाई सही रुपमा पाल्न सके राम्रो आम्दानी हुने बताए । तर यसको व्यवस्थापनको विषय उठेको समस्यालाई कानुनी रुपमा वौधानिक रुपमा चुनौति भएकाले गाई व्यवस्थापन गर्न सके राम्रो हुने बताए । संसद पन्थीले गुल्मीमा पछिल्लो समय कृषि अनुदान कार्यक्रममा ठिक ढङ्गमा काम नभएकाले यसो नगर्न पालिका अध्यक्षहरुलाई आग्रह समेत गरे ।
लुम्बिनी प्रदेशका संसद खडका के.सीले गुल्मीमा लागु भएको स्मार्ट कृषि गाउँ कार्यक्रमको प्रगति विवरण सुन्द खुशी भएको बताए । धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोख्रेलले कृषि कर्म गर्दा कार्यविधी राम्रो संग नबनेको बताए । त्यस्तै बजारी करणमा पनि थोरै मात्रमा उत्पादन गर्दा बजारी करणमा समस्या भएको बताए । कार्यक्रमको सभाअध्यक्ष जिल्ला समन्वय अधिकारी विजय कुमार कार्कीले कार्यक्रममा उठेका प्रश्न सही भएको भन्दै त्यस्ता समस्या लाई प्रदेश सरकारले ध्यान दिन आग्रह गरे ।
कार्यक्रममा कार्यक्रममा कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुखले प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार माहासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल तथा विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थित रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend