साझा नेटवर्क
कमल पौडेल, बागलुङ्ग कार्तिक २४ ।
नेपालका सिमान्तकृत र सङ्कटासन्न महिलाहरुका परिवार नियोजन सम्बन्धी आवश्यकता सम्बोधन कार्यक्रमको बडिगाड गाउँपालिका स्तरीय समापन बैठक ग्वालीचौरमा सम्पन्न भएको छ।

बडिगाड गाउँपालिका अन्तरगत स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुमा पूर्ण रुपमा इम्पलान्ट र आइयुसिडि तालिम प्राप्त नभएको भन्दै स्वास्थ्यकर्मिहरुलाई तालिममा सहभागि गराउन र दक्ष स्वास्थ्यकर्मि उत्पादनमा सहयोग गर्न बैठकले दातृ संस्थाहरुलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकमा परियोजनाका सुपरभाइजर अरुणा सुवेदीले कार्यक्रम आरम्भ देखि हाल सम्म गरेका उपलब्धीहरुको जानकारी गराउनुभएको थियो ।
युके एड, मेरि स्टोप्स् इन्टरनेशनल र नेपाल सरकारको सहकार्यमा सञ्चालित परियोजनाले बडिगाड गाउँपालिकामा विगत ३ महिना देखि काम गरिरहेकोेछ । बागलुङ जिल्लामा सञ्चालित यो परियोजनालाई हाल सम्मको दातृ संस्थाले यहि २०७७ साल पौष १६ गते देखि समापन गर्न लागेको हो । यद्यपी अर्को संस्थाले परियोजना सञ्चालनलाई निरन्तरता दिने सुपरभाइजर सुवेदीले जानकारी दिनुभएको छ ।
बैठकमा गाउँपालिका उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, कोरोना विशेष अस्पताल बडिगाडका मेडिकल अधिकृत डा. अनिल शाह, नेपाल कम्युनिष्ट पार्टी बडिगाडका अध्यक्ष गुणानिधि घिमिरे, वडा नं. ५ का अध्यक्ष अर्जुन प्रसाद खरेल, पत्रकार कमल पौडेल, बडिगाड डोजोको संयोजक राजन पाइजा लगाएत गाउँपालिका भित्रका स्वास्थ्य संस्थाका प्रमुख तथा स्वास्थ्यकर्मि, स्वयंसेविकाहरुको सहभागिता रहेको थियो।
सुनौलो परिवार नियोजनको आयोजनामा भएको बैठक बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाको अध्यक्षता तथा जनस्वास्थ्य निरिक्षक चुडामणि कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend