साझा नेटवर्क
कमल पौडेल,वामीटक्सार कार्तिक २३ ।
विशेषगरि गण्डकी र कर्णाली क्षेत्रमा बहुपरिचित सोरठी भाकाको संरक्षण गर्ने उद्धेश्यले वामी विश्व सम्पर्क मञ्च र बैकुण्ठ रायमाझिको मौलिक सोरठी देउसीभैली गित “गुल्मेली सोरठी” सार्वजनिक भएको छ ।
सेरोफेरो नेपाल युट्युव च्यानलबाट सार्वजनिक गरिएको सो गितमा गुल्मीको मुसिकोट नगरपालिका, गुल्मी, बागलुङ लगाएत क्षेत्रका देविदेवता, पर्यटकिय स्थल लगाएत समेटिएको छ । लोकप्रिय गायक रामचन्द्र चन्द, शर्मिला गुरुङ र इन्द्र जिसिको स्वर रहेको उक्त गितमा लय शब्द बैकुण्ठ रायमाझिको रहेको छ ।
गिरिष रिजालले निर्देशन गरेको उक्त भिडियोको छायाँकन रविलाल पौडेल र देविराम घिमिरेले गर्नुभएको छ भने सम्पादन गणेश थापाले गर्नुभएको छ । वामीमै छायांकन गरिएको सो गितको म्युजिक भिडियोमा संस्कृतिको धनि क्षेत्र भनेर चिनिने मालारानीका कलाकार पुनम दर्लामी, भिमा छन्त्याल, मदन दर्लामी, तारा छन्त्याल, नेत्र छन्त्याल, होम श्रीस, सुनकलि छन्त्याल लगाएतको अभिनय रहेको छ
उज्यालो पर्व तिहारको सन्दर्भमा सार्वजनिक गरिएको सो गितमा स्थानिय परम्परा, देवि देवता, साँस्कृतिक पहिचान झल्काइनुको साथै वर्तमान परिभेषको कोरोना महामारिबाट बच्न देविदेवता समक्ष याचना समेत गरिएको छ।
वामी विश्व सम्पर्क मञ्च र वामेली कलाकार बैकुण्ठ रायमाझिले स्थानिय कला संस्कृतिको प्रवद्र्धनमा विगत देखिनै भूमिका खेल्दै आएका छन्।
गितको भिडियो-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend