logo
  • शुक्रबार, असोज ९ २०८३

भुर्तुङ्गमा नेपाली काङ्ग्रेस परित्याग गरी ७ जना नेकपामा प्रवेश


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सज्जन ढकाल, गुल्मी कात्तिक २२ ।
कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ्गमा सात जना नेपाली काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रबेश गरेका छन् । साबिकको वडा नं ४ का गोकुल क्षेत्री सहित लोक बहादुर किसान, सुर्यकला नेपाली, बिक्रम ढकाल,लाल बहादुर शाह, तिलचना नेपाली, उषा शाह सहित आधा दर्जन नेपाली काँङ्ग्रेसका कार्यकर्ता नेकपामा प्रवेश गरेका हुन ।

लुम्बिनी प्रदेशका सामाजिक बिकास मन्त्री सुदर्शन बरालको हात बाट टीका ग्रहण गर्दै नेकपामा प्रबेश गरेका हुन् । स्थानीय स्तरमा नेपाली काँङ्ग्रेसको सरकार भ्रष्टाचारमा लिप्त भएको जनभावना अनुरुप काम गर्न नसकेको नेकपाको नेतृत्वले स्थानीय स्तरमा व्यापक बिकास, परिवर्तन र समृद्धि ल्याउँदै जनताको चाहाना पुरा गर्ने भएकाले नेपाली काँङ्ग्रेस परित्याग गरि नेकपामा प्रवेश गरेको एक नव प्रबेसीले जानकारी गराए ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै मन्त्री बरालले समुदायका सबै जन गुनासाहरु नेकपाले पूरा गरिदिने, गाउँमा बिकासको लहर ल्याउने हुँदा जनताको लहर नेकपामा रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend