साझा नेटवर्क
सज्जन ढकाल, गुल्मी कात्तिक २२ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका ७, भुर्तुङ्गको मैदाना सेरेखोलामा एकघर एकधारा खानेपानी आयोजना सम्पन्न भएको छ । लुम्बिनी प्रदेशका सामाजीक बिकास मन्त्री सुदर्शन बरालले मैदाना सेरेखोला खानेपानीको बिधिवत रुपमा उद्घाटन गरेका छन् । उक्त खानेपानीको लागी लुम्बिनी प्रदेस सरकारबाट १० लाख रकम बिनियोजित गरिएको थियो ।

यस योजना बाट १९ घर लाभान्वित भएका छन् । खानेपानी उद्घाटन विशेष कार्यक्रममा बोल्दै मन्त्री बरालले स्थानीय स्तरमा बिकास परिवर्तन, समृद्धिनै नेकपाको मुख्य एजेण्डा भयको बताए । यसै अनुरुप प्रदेस सरकार अगाडि बढिरहेको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, कृषि, पर्यटनको बिकास आफ्नो मुख्य प्राथमिकतामा रहेको दाबी समेत गरे ।
निर्वाचन ताका घोषणा पत्रमा घोषणा भएका प्रतिबद्धता पूरा गर्दै स्थानीय स्तरमा जनअपेक्षा अनुरुप काम गरिरहेको बताए । लामो संघर्ष र बलिदानबाट देसमा संघीयता स्थापना भएको छ । बिचार र चिन्तनको आधारमा राजनैतिक नेतृत्व छनौट गर्ने नैसर्गिक अधिकार जनतामा निहित रहेकाले प्रदेस सरकारबाट बिनियोजित बिकास बजेट माथी सङ्कुचित राजनैतिक स्वार्थको खेल नखेल्न कालीगण्डकी गाउँपालिकाका स्थानीय सरकार प्रमुखलाई आग्रह समेत गरे ।
कालीगण्डकी गाउँपालिकामा केन्द्र र प्रदेसबाट बिनियोजित भएका करोडौं रकम कम्युनिस्ट रकम भन्दै स्थानीय सरकारले फ्रिज गराएको बिकास बजेट वडा र गाउँपालिका अध्यक्षको निजि सम्पत्ति नभएको, जनताको नासो जनतामै हस्तान्तरण गर्नु असल नेतृत्वको पहिचान भएको भन्दै बिकास बजेट माथी सँकुचित प्रतिस्पर्धा नगरी पक्षपात, भेदभाव युक्त कार्य नगर्न स्थानीय सरकारलाई अनुरोध समेत गरे ।
उद्घाटन कार्यक्रममा नेकपा कालीगण्डकी गाउँपालिका ईन्चार्ज तथा नेकपा जिल्ला कमिटी सदस्य तेजिन्द्र सलामी ,गाउँपालिका अध्यक्ष तथा नेकपा जिल्ला कमिटी सदस्य रामजी ढकाल, जिल्ला सदस्य सञ्जय क्षेत्री, राष्ट्रिय युवा संघ नेपाल गुल्मीका सह ईन्चार्ज यदु ज्ञावली लगायत स्थानीय जनसुदायको व्यापक विशेष उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend