साझा नेटवर्क
-किरण अधिकारी ।
आजको समयमा दिनानुदिन गाउँ वस्तीहरू किन खाली खाली किन हुदै गएका छन । एउटा सोचनीय विषय भएको छ । जति-जति हाम्रो समाज आधुनिक तर्फ लम्किरहेको छ, गाउँ बस्ती उती नै खाली हुदै गएका छन ति खेतियोग्य जमीनहरू बाँझो हुन पुगेका छन् । पहिला जताततै हरा-भरा देखिने गाउँहरू अहिले उजाड संनाटा मात्र छाएको छ । प्रत्येक घरमा कम्तिमा छ सात जना परिवार का सदस्य हुने घरमा अहिले वृद्ध बुबाआमा मात्र देखिनुहुन्छ।

धेरै जसो घरहरू त खाली नै भएका बस्ती खालि भएका छन पहिला मानिसहरू बस्ने गाउँ घरमा अहिले जंगली जनावर बस्ने बास स्थान हुन पुगेका छन्। पुराना दिनहरु सम्झिदाँ निकै दुःख लागेर आउँछ बाल्यकाल बिताउदै गर्दाका ती दिन हरू सम्झिन्छु कति धेरै मानिसहरूको आवाज जावत थियो हाम्रो गाउँमा वरपर तल माथि बस्ती बाक्लो थियो सबै घर घरमा मानिसहरू टन्न हुन्थिए निकै रमाइलो थियो। चाडपर्वमा छुट्टै किसिमको रमाइलो र उल्लासमय वातावरण हुने गर्दथ्यो ।
साथिभाईहरूको जमघट निकै हुन्थ्यो । दशैंको सराए नाच हेर्न होस या तिजको राम हेर्न देखि तिहारमा देउसिरे लगायत भजन कीर्तनमा होस या कुनै पनि मेला महोत्सवमा धेरै मानिसहरूको उपस्थिति हुने गर्दथ्यो। चाडपर्व आउदा पनि मनमा छुट्टै किसिमको आनन्द को अनुभुती हुने गर्दथ्यो। कुनै यस्तो चाडपर्व थिएन होला जहाँ हर्ष उमङ्ग नहोस् त्यस्तै किसिमको वातावरण हुने गर्दथ्यो। साथीहरु पनि कति धेरै थिए गाउँ मा छरछिमेकी कति धेरै हुनुहुन्थ्यो ।
जसलाई देखेपनि आफ्नै लाग्दथ्यो काहाँ बिलाए ति दिनहरु ती आफ्ना लाग्ने ईष्ट मित्रहरू साथि-भाई हरूम सपनामा देख्ने गर्दछु, पुराना हाम्रा दिनहरु र पुरानो त्यो हाम्रो गाउँ घर सपनामा सबै उस्तै लाग्छ तर बिउझिदा भने धेरै फरक भएको हुन्छ। सायद अब त्यो समय र त्यस्तै किसिमको गाउँघर र त्यो समाज र त्यो आत्मियता जिवनमा कहिले पनि फर्केर आउदैन होला, गाउ मेलापाता गर्दा होस या गाई बाख्रा चराउन बनजंगलमा जाँदा तिजु काफल खाँदा किन नहोस कति रमाइला थिए ।
ति दिनहरु गाउँ मेलापातमा अर्म-पर्म गर्दाका ति दिनहरु जहाँ कति धेरै मान्छे हुने गर्दथे बर्खायाममा होस या हिउदमा जुनसुकै समयमा पनि हाम्रो गाउँ घरमा छुट्टै किसिमको रौनक हुने गर्दथ्यो । तर आज त्यो पललाई खोजेर काहाँ पाउन सकिन्छ र लाग्छ ति सम्झनामा मात्र सिमित हुने स्थिति सिर्जना हुदै आएको छ । अहिलेको यो असमान किसिमको यो बजारिकरणलाई देख्दा ।
नेपालमा जति राजनीतिक परिवर्तन भए ती सबै सत्ता शक्ति दम्भको लागि मात्र भए वेवास्ता त धेरै फेरिए तर जनताका समस्या झन जटिल हुँदै गए । हिजो गरिब निमुखा जनताको हकअधिकार सुनिश्चित गर्न भन्दै, तिनै निमुखा गरिब जनताको टाउकोमा टेकेर एकापसमा लड्ने सासकहरू काहाँ छन हिजो गरेका प्रतिबद्धताहरू आज किन लागु हुन सकेनन जति परिवर्तनका कुरा गरेपनि त्यो आफुलाई सत्तामा पुग्न को निम्ति जनतालाई भर्याङ्ग मात्र बनाएका रहेछन् ।
परिवर्तन त आयो तर तिनै टाउकेहरूको जिवनशैलीमा मात्र परिवर्तन आयो । तर तिनै जनता जस्ले परिवर्तनको निम्ति ज्यानको आहूति दिएका तिनिहरूको अवस्था भने झनझन नाजुक बन्दै गएको छ। साच्चै भन्ने हो भने अहिलेको अबस्थामा भोक भोकै मोर्नु पर्ने स्थिति सिर्जना भएको छ । गरिबी कै कारण बिस्थापित हुन परेको छ त्यसैको स्वरूप आज गाउँ बस्तीहरू रित्तिन लागिसकेका छन ।
यो विस्थापित हुन परिस्थिति माओवादी जनयूद्धबाट सुरु भएको थियो र त्यो अहिले पनि तिब्र रुपमा फैलिरहेको छ । गाउँघरमा बनेका विकासका पुर्वाधारहरू माओवादीले उती बेला सब धोस्त पार्यौ । पहिला बनेका संरचना धोस्त बनाएको माओवादी अहिले भने कुनै एउटा पुर्वाधारको संरचना निर्माण गर्न सकेन विनाश अति गर्यो तर विकास केही गर्न सकेन ।
उती बेला गाउँ घरमा खुलेका बोडिङ्ग स्कुलहरूलाई बुर्जुवा शिक्षा भन्दै आगो लगाइदियो गाउँ समाजको लागि केही गर्छु । भनेर अगाडि बढ्ने समाज सेवी शिक्षक अल्लि पैसा वाला हुने खाने बर्गलाई दिनदहाडै कत्यालम गर्दै हिड्यौं । गाउँ घरमा बस्न नसक्ने वातावरण सिर्जना गरेको थियो । हुने खानेहरू सहरमा जग्गा जमीन किनेर बस्न लागे गरिब निमुखाहरू भारत लगायत तेस्रो मुलुकमा पस्न बाध्य भए ।
त्यही कारण हो आज गाउँ रित्तिनु गाउँघरमा बस्ने मन कस्लाई थिएन होला र सायद मन भएर मात्र के गर्न त्यस्तै परिस्थिति सिर्जना गरिदिएको थियो माओवादीले आज त्यसैको परिणामस्वरूप गाउँ घर बिस्थापित हुदै आएका छन् । सोझासाझा नागरिक गाउँमा बस्न नसक्ने वातावरण अहिले पनि छ । गाउँ अहिले पनि पन्चायती व्यवस्था भन्दा कम छैन अहिले पनि टाठा-बाठाहरूकै हालिमुहाली छ, उती बेलाका गाउँमा जि्म्माल मुखियाहरूकै साखा सन्तानहरू कै बर्चस्व छ । अहिले पनि आवाज बहिनहरू छायाँमा परेको अबस्था छ । पुरा गाउँ नै राजनितिकरण भएको छ ।
राजनीति शक्ति बलमा गाउँमा उधुम मच्चाउने हरूको कमी अहिले पनि छैन । सोझासाझा लाई लत्याउदै आएको अबस्था छ, उत्पिडनमा पारिदै आएको छ । गाउँ गाउँमा सिहदरवार भन्छन् तर लुटतन्त्र मात्र मच्चाईएको छ। त्यसैको कारण अधिकांश सोझासाझा नागरिक गाउँ छोडेर हिड्ने परिस्थिति छ । गाउँ घर मा हावापानी राम्रो छ बस्न लाई आनन्द छ आफ्ना पुर्खाहरूले पसिना बगाएको ठाउँ अति प्यारो छ ।
मन भित्र त्यो ठाउको छुट्टै किसिमको माया छ तर के गर्ने त्यति मात्र भएन जिविकोपार्जन हुन गाह्रो रहेछ । सायद् देशमा शान्ति सुव्यवस्था कायम भयो लोकतन्त्र स्थापना भयो देशमा नयाँ संविधान जारी भयो । देशमा संघियता पनि लागु भयो । गाउँ-गाउँमा सिहदरवार पनि पुग्यौं र जनतालाई निकै ठूलो भरोसा थियो देशले अब विकासको गति लिन्छ, गाउँ-गाउँ बस्ती बस्तीमा गुणस्तरीय स्वास्थ्य शिक्षा लगायत विकासका पुर्वाधारको सुनिश्चित हुनेछ ।
देशभित्र नै रोजगारीका प्राप्त अबसरहरू हुने छन, कल कारखाना खुल्लेछन कृषि क्षेत्रमा निकै ठूलो परिवर्तन हुनेछन, हरेक क्षेत्रमा उत्तिकै अबसरहरू सिर्जना हुनेछन, केहि गर्छु भन्नेहरूलाई सरकार अभिभावक बन्ने छ, भन्ने जस्ता लाखौं-लाख सपना जनता माझ बाँडिएको थियो तर यस्को ठ्याक्कै बिपरित भैदियो । जताततै बेथिति भष्टाचार र अपराध सत्ता शक्तिको दुषित राजनीति खेल र नेताहरुको देशद्रोही प्रबृत्तिको मात्र विकास भयोे ।
नेताहरु भष्ट्र हुदै गए तिनका कार्यकर्ता पनि त्यस्तै हुदै गए जताततै दुषित राजनीतिक खेल सुरु भयो शिक्षा स्वास्थ्य लगायत पुर्वाधारका हरेक क्षेत्रमा लुटतन्त्रको मात्र खेल सुरुभयो, कताबाट आफ्नालाई मात्र पोस्न सकिन्छ, भन्ने किसिमका प्रचलन सुरू भए र शक्तिको चरम दुरुपयोग हुदै गयो । स्वच्छ प्रतिस्पर्धा भन्दा माथि गलत राजनीतिक चलखेल सुरुभयो । गाउँमा एउटा शिक्षकको जागिर खान पार्टीको कार्यकर्ता हुनुपर्ने स्थिति सिर्जना भयौं ।
अधिकांश गाउँमा बस्ने सबैको पौच काहा उपल्लो दर्जाको नेता संग हुन्छ र त्यसकारणले गर्दा केही गर्छु आफ्नै देशमा भन्ने चाहना हुँदा हुँदै पनि विदेशीनु पर्ने मुख्य कारण बन्न पुग्यो अधिकांश नेपाली हरु आज त्यसैको बाध्यात्मक अवस्था आज गाउँ घर बस्ति हरू खाली हुदै आएका छन् । उचित किसिमको व्यबस्था गरिदिएको भए राज्यले आज गाउँलाई त्यागेर सहरमा हराउनु पर्ने त्यस्तो कुनै पनि अबस्था सिर्जना हुने थिएन होला सायद।
गाउँमा बसेर दैनिकी गुजारा चलाउन समेत गार्हो छ । कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउनु भनेर लाग्नेहरूलाई सरकारको राम्रो संग व्यवस्थापन गर्न नसकेको अबस्था छ, जसोतसो उब्जाउ गरेका कृषि जन्य सामाग्री हरूको बजार व्यवस्थापन समेत छैन कृषकहरू पसिनाको उचित किसिमले मुल्य छैन । त्यही भारतबाट आएका कृषि जन्य सामाग्रीले बजार पाउँछ । कृषक हरूको मनोबल बढाउने यस्तो किसिमको राज्य को निती नियम छैन । कृषि कर्म गर्न हरूलाई आधुनिक कृषि पद्दतिमा अबसर दिन नसकेको अवस्था छ सरकारको ।
कृषि पेशामा लाग्नेहरूलाई सरकारले बिना धितो अनुदान दिने भनेपनि सर्वसाधारणलाई त्यो प्रदान गर्न सकिराखेको छैन । कृषिकर्जा लिनको निम्ति मात्र पनि नेताको कोही पर्ने हुनुपर्ने स्थिति छ । बिना पहुच कुनै क्षेत्रमा पनि स्वस्फूर्त काम नहुने स्थिति सिर्जना भएको छ । जबसम्म यस्तो किसिमको दुषित राजनीति खेल हुदै जान्छ, आफ्ना मान्छेलाई मात्र हेर्ने चलन गरिन्छ, र भोट पाउनकोको लागि मात्र राजनीति गरिन्छ, राजनीतिलाई समाज सेवाको रूपमा लिन सकिदैंन, बेथितिको जरालाई उखेल्न सकिदैन, ग्रामीण क्षेत्रमामा प्राप्त रोजगारका अबसर सिर्जना गर्न सकिदैन, गुणस्तरीय पुर्वाधारको ग्यारेन्टी जबसम्म सरकारले गर्ने सक्दैन, तबसम्म गाउ रित्तने खेल चलिरहन्छ ।
आफ्नो गाउँ आफै बनाउ भन्ने नारा लाई मुर्त रुप दिने हो भने पहिला यि भिजन नभएका अनपढ नेता तथा जनप्रतिनिधि हरूलाई चुनावमा बहिस्कार गर्ने सक्ने सामर्थ्य राख्न सक्नु पर्दछ । जनताले अब दुई बोतल रक्सी र मासुमा नबिकी लोभ लालज र प्रलोभनमा पर्ने संस्कारलाई अन्त्य गर्नुपर्ने आवश्यकता छ । एउटा गाउँपालिकामा वर्षमा करोडौं बजेट विनियोजन हुन्छ त्यसलाई सही ढंगले परिचालन गर्ने सकेमात्र पनि हाम्रा गाउ फेरि हराभरा हुने थियो एउटा असल नेतृत्व लाई नेतृत्व तहमा पुर्याउन सके।
त्यसको प्रमुख जिम्मेवारी जनताको हातमा हुन्छ, त्यसैको लागि जनता सच्चिनु पर्ने अबस्था छ। जनतामा परिवर्तन आउनु पर्छ नै । र यस्ता जनप्रतिनिधिको नाममा अहिले भष्ट्रचारको आतंक मच्चाउने यी कलंकहरू निर्मुल पार्न अपरिहार्य छ । परम्परागत रूपमा फैलिएको राजनीति प्रबृत्ति अन्त हुनुपर्छ। लोकतन्त्र आएको भन्छन् ।
देशमा तर स्थानीय तहमा कुरा गर्न हो भने पनि पन्चायती व्यवस्था भन्दा पनि अझ गिर्दो अबस्था छ । अहिलेका जनप्रतिनिधि हरू राजा महाराजाको शैली अपनाइएको छरपस्ट रूपमा देख्न पाईन्छ। अब नागरिक यसको विरूद्ध ससक्त आवाज उठाउनु पर्छ, र आगामी चुनावमा हामी जनता होसियार हुनु आवश्यक छ । ठुलो पार्टीको मान्छे हो आफ्नो मान्छे हो भन्दा पनि क्षमतावान व्यक्तित्व लाई साथ दिनु नै परिवर्तन को लागि ईट्टा थप्नु हो सरह हो।
देशमा कायापलट गर्नुपर्ने खास केही छैन यहाँ राम्रो नेतृत्व भैदियो भने तर नेतृत्व राम्रो मान्छेहरू हातमा दिनु जनताको नैतिक दायित्व हो । हामीले जस्तो यो दुख कठिनाइ यो बिवश्ता अब आउने सन्तती भोग्न नपरोस त्यसको लागि तपाईं हामीमा सचेतना आउनु जरुरी छ । अनि मात्र गाउँ गाउँमा सिहदरवार भएको आभास सर्वसाधारण जनतामा हुनेछ । अनि गाउँ गाउँमा उचित किसिमको राजनीति व्यवस्था हुनेछ।
त्यसैको लागि गलत प्रवृत्ति र नियत भएका नेताको नाममा लुटतन्त्र मच्चाउनेहरूलाई हामी ले खबरदारी गर्न पर्छ । गलतको विरूद्ध ससक्त रुपमा आवाज उठाउने हिम्मत साहस र अनुशासन सहितको नागरिक दायित्व लिनु अहिले हाम्रो समाजको लागि आवश्यकता विषय हो गलत गर्नेलाई जरैदेखि निर्मूल पार्न कार्यमा तपाईं हामी एकेबध्दता हुनुपर्छ राजनीति धरातल भन्दा माथि उठेर खबरदारी गरौं।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend