logo
  • सोमबार, असोज १२ २०८३

बागलुङमा सुत्केरीको हेलिमार्फत वुर्तिवाङबाट उद्धार


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ कार्तिक १० ।
बागलुङको बडिगाड गाउँपालिका वडा नं. ८ रणसिंहकिटेनी की ३८ वर्षीया सुत्केरी महिलालाई अत्याधिक रक्तश्राव कारण समस्या भएपछि हेलिकप्टरबाट उद्धार गरि पोखराको गण्डकी अस्पतालमा पुर्याइएको छ ।

स्थानिय पुष्पा श्रीसलाई प्राथमिक स्वास्थ्य केन्द्र, बुर्तिवाङबाट उद्धार गरि पोखरा पठाइएको हो। श्रीमान् इमानसिंह श्रीस तथा श्रीमति पुस्पा दुवैजना शिक्षक भएपनि घरमै सुत्केरी गराउन खोल्दा अत्याधिक रक्तश्राव भएपछि प्राथमिक स्वास्थ्य केन्द्र पुर्याइएको तर अवस्थामा सुधार नभएपछि पोखरा पठाउनु परेको बडिगाड गाउँपालिकाका स्वास्थ्य संयोजक चुरामणि कँडेलले जानकारी दिनुभएको छ।

अहिले आमाको गण्डकी अस्पतालमा होस खुलेको छ। बच्चालाई बचाउन नसकेपनि आमाको अवस्थामा निकै सुधार आइरहेको सुचना पाएको कँडेलले जानकारी दिनुभएको छ । दुर्गममा रहेका महिलाहरुको ज्यान बचाउने उद्धेश्यले सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तरगत गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको समन्वयमा श्रीसको उद्धार गरिएको हो।

बागलुङ पहाडि जिल्ला र उपयुक्त स्वास्थ्य सेवाको अभावको कारण जटिल मातृ स्वास्थ्य सम्बन्धि समस्या भएका महिलालाई हेलिकप्टर बाट उद्धार गरि अन्यत्र लैजानुपर्ने वाध्यता रहँदै आएको छ । दशैंको दिनमै भएको सो उद्धारमा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली र बुर्तिवाङ स्वास्थ्य केन्द्रको भूमिका उल्लेख्य रहेको बडिगाड गापाका स्वास्थ्य शाखा प्रमुख कँडेलले बताउनु भएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend