logo
  • सोमबार, असोज १२ २०८३

बाढि प्रभावित राक्सेका पिडितलाई पूर्व सहपाठी विद्यार्थीद्धारा ३ लाख १० हजार वढि सहयोग हस्तान्तरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल,बागलुङ कार्तिक ७ ।

महेन्द्र आर्दश माध्यमिक विद्यालय वामी टक्सारका २०४८ सालको एसएलसि व्याच समुहले सोहि समुहका सदस्य दुर्गा अर्याल सहितका पहिरो पिडितलाई राहत सहयोग गरेका छन् ।बडिगाड गाउँपालिका वडा नं. २, राक्सेमा गत श्रावणमा गएको पहिरो तथा वाढिले विस्थापित भएका दुर्गा अर्यालको लागि २ लाख ५५ हजार ९ सय ५३ रुपैयाँ, मिना थापाको लागि ३४ हजार ८ सय ६५ रुपैयाँ र जुना वि.क. को लागि २० हजार रुपैयाँ गरि ३ लाख १० हजार ८ सय १८ रुपैयाँ सहयोग गरिएको हो । सो सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले वागलुङमा यस वर्ष वाढि तथा पहिरोको कारण ५३ जनाको मृत्यू भएको र ५ सय ९० वढिघर क्षतिग्रस्त भएको भन्दै सवै घर पुर्ननिर्माणको लागि ३ लाख ५० हजारका दरले रकम उपलब्ध हुने गरि तयारी भैरहेको जानकारी गराउनु भएको थियो । दुःखको वेला साथमा रहने साथीहरुको काम सह्रानिय रहेको भन्दै उपप्रमुख भुसालले महेन्द्र आर्दशको २०४८ व्याचले गरेको नमुना काम अरुको लागि पनि सिकाई हुने र धेरै दुखीरहेका मनहरुमा मल्हमको काम गर्ने बताउनु भएको छ ।त्यस्तै वडा अध्यक्ष ढाल प्रसाद शेरचनले पहिरो पिडितहरुको लागि सुरक्षीत आवाश निर्माणको लागि स्थानिय सरकारको तर्फवाट प्रदेश तथा संघिय सरकारमा क्षतिको विवरण सहित सिफारिस गरिएको भन्दै सवै विस्थापितलाई पुर्नस्थापनाको लागि पहल भैरहेको जानकारी गराउनु भएको थियो । कार्यक्रममा विस्थापित दुर्गा अर्यालले सहयोगी साथहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा रामचन्द्र खरेलले सहयोग दाताको नाम र रकमको जानकारी गराउनुभएको थियो ।सो कार्यक्रम कल्पना काफ्ले घिमिरेको अध्यक्षता एवं अनन्तलाल भण्डारीको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend