logo
  • शनिबार, भाद्र २० २०८३

कतारमा बस्ने गौतम द्धारा मुसिकोटका विपन्न ६० परिवारलाई खाद्यान्न सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

सूर्य सुनार,गुल्मी कार्तिक ७ ।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ३ का विपन्न परिवारलाई कतारमा कार्यरत मिलन गौतमले खाद्यान्न सहयोग गर्नुभएको छ ।बागलुंग जिल्लामा घर भै हाल कतारमा बस्दै आउनु भएका मिलन गौतमले कोरोना भाइरसका कारण काम गर्न नपाएका विपन्न परिवारलाई खाद्यान्न सहयोग गर्नुभएको हो । बडा दशैँमा कसैको घरमा खान हुँदा,कसैको घरमा रुन नपरोस भन्ने उदेश्यले ६० घर परिवारलाई प्रति परिवार ३० के.जी चामल,आधा लिटर तेल, १ केजी नुन, १ केजी दाल, सहयोग स्वरुप वितरण गरिएको मिलन गौतमकी दिदि कल्पना पन्थीे बताउनुभयो ।दशैँ  हुनेका लागि दशैँ बन्छ, तर नहुनेका लागि दशा । विपन्न परिवारका व्यक्तिलाई त दशै दशा नै बन्छ । दशैँमा राम्रो कपडा लगाउने त टाडा जाहोस, राम्रो खान पनि मुस्किल पर्छ । अझ कोरोना भाइरसका कारण ज्याला मज्दुरी गरि जिविको पार्जन गर्ने मानिसलाई त विहान बेलुका छाक कसरी टार्ने हो भन्ने बिषयमा चिन्ता छ । यस अवस्थामा गरिब परिवारको साहरा हुनुभएको भन्दै मिलन गौतमलाई उहाँका ससुरा बुवा बसन्त रिजालले धन्यवाद दिनुभयो । राहत बुझ्दै कोरोना भाइरसका कारण काम गर्न नपाएको अवस्थामा सहयोग गर्नुभएका मिलन गौतम, उहाँकी श्रीमती मिना गौतम र उनकी छोरी कन्चन गौतमलाई धन्यवाद दिएका छन् ।कोरोना भाइरसको कारण ज्याला मज्दुरी गरी खाने व्यक्तिको लागि मिलन गौतम गरिबीको साहरा हुनुभएको छ । यस्तै काम समाजमा गर्ने मानिस निकै कम हुने गर्दछन् । समाजमा मिलन गौतम एउटा समाजसेवीको उदारणको पात्र बन्नुभएको छ । समाजमा बस्ने वा विदेशमा बस्ने व्यक्तिहरुले उहाँको राम्रो कामको सिको गर्नु आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend