साझा नेटवर्क
अनिष पाठक, वाग्लुङ्ग कार्तिक ४।
बडिगाड गाँउपालिका वडा नं. ४ मा विभिन्न पार्टी परित्यागगरी १ सय ५० जनाभन्दा बढी एक कार्यक्रमको समारोह बीच नेकपामा प्रवेश गरेका छन।
बडिगाड ४ नौटुलमा भएको उक्त कार्यक्रममा नब आगान्तुकलाई पार्टी प्रबेश गराउदै नेकपाका गण्डकी प्रदेश सदस्य राजिब घिमिरेले सरकारको सुखी नेपाली समृद्ध नेपालको नारालाई सार्थक्ता दिन पनि हरेक आयोजनालाई आर्थिकसंग जोड्नुपर्ने बताए । नेपाली काँग्रेशका क्रियाशिल सदस्य समेत रहेका टेक बहादुर बुढाथोकी र जनमोर्चाका नर बहादुर बि.क लगाएतको उक्त समुह नेकपामा प्रबेश गरेको हो । जिल्ला समन्वय समितीका उपप्रमुख तथा नेकपा जिल्ला कार्यदल सदस्य विष्णु प्रसाद भुसालले भौतिक विकाश मात्र गरेर नुहुने बताउदै समृद्धधिको लागि पनि उत्पादनसंग जोडिनुप्रर्ने र त्यसकोलागि जुनसुकै सहयोग गर्न सरकार तयार रहेको बताए।
सोहि अबसरमा पार्टि प्रबेश गर्दै टेक बहादुर बुढाथोकिले नेकपाको सरकारले चाँहे देशको मुहार फेर्न समय नलाग्ने बताए । पालिका अध्यक्ष मेहरसिंह पाइजा लगाएतका नेकपाका नेताहरुको सहभागिता रहेको उक्त कार्यक्रममा नेकपाका जिल्ला कमिटि सदस्य झविन्द्र बुढाको स्वागत, पार्टिका वडा अध्यक्ष छविलाल छन्त्यालको अध्यक्षता तथा पार्टी सचिव गणेश थापा र वडा पार्टि कार्यलय सदस्य तिलक छन्त्यालको संचालनमा सम्पन्न भएको थियो ।
टोल टोलमा सामाजिक सुरक्षा भत्ता
गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ को वडा कार्यलयले टोलटोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको जनाएको छ। वडा भित्र रहेका जेष्ठ नगरिक, दलित जेष्ठ नागरिक, एकल विधुवा महिला, क/ख वर्गका अपाङ्गता भएका र ५ वर्षमुनिका दलित बालबालिकाको लागि उक्त भत्ता वितरण गर्न लागेको जानकारी दिनएको हो। वडा कार्यलयले सोमबार एक शुचना जारी गर्दै आज विहान ११ बजेदेखी जनज्योती प्रावि शेराबाट भत्ता वितरण गर्ने जनाएको हो।
त्यस्तै बुधबार भगवती प्रावि काफलटोलामा ११ बजे, विहिबार १० बजेदेखी रुद्रावती बहुमुखी क्याम्पसमा र विहिबार नै विहान १२:३० बजेदेखी वामिटक्सार जिपपार्कबाट भत्ता वितरण गरिने बडा अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिए ।
साथै काफ्लेले प्रमथ चौमासिकको रकमबाट भत्ता वितरण गर्न लागेको बताउदै सो अबसरमा भत्ता वितरण गर्न छुटेकाहरुकालागि नेपाल बैकं वामिशाबाट भुक्तानी दिइने बताए ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend