साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं कार्तिक ३ ।
अविरल फिल्म्सको बजार व्यवस्थापन तथा दृश्य निर्माणमा दया गुरुको “परदेशीको स्वास्नी ” आजै मात्रै सार्बजनिक भएको छ ।
बजारमा सार्बजनिक गीतहरु भन्दा फरक बिसय बस्तु बोकेको गीतमा हेमराज नेपालीको लय शब्द रहेको छ भने सर्मिला गुरुङ र हेमराज नेपालीकै स्वर रहेको छ । बिनोद बाजुरालीको एरेन्ज रहेको गीतको भिडियो बिष्णु भट्टराईले निर्देशन छायांकन तथा सम्पादन गरेका छन् ।भिडियोमा हाम्रै समाजमा देखिएको बास्तबिक घटनालाइ चित्रण गरिएको छ भने बिदेशी भूमिमा रगत पसिना बगाएर काम गर्ने श्रीमान को श्रीमती यता अर्कै संग पल्किए पछि निम्तिने दुर्घटनालाई दर्दनाक रुपमा प्रस्तुत गरिएको छ ।
दया गुरु, बिना राना, किशु गुरुङ, अर्जुन , कृष्ण लगाएतका कलाकारको अभिनय रहेको भिडियोमा सगुन शर्मा र सिमा भुसालले श्रीन्गार गरेको छन् । गित अविरल फिल्म्सको युटुब च्यानल बाट सार्वजनिक भएको हो ।
भिडियो हेर्नुहोस्-
https://www.youtube.com/watch?v=CrWVyPHeoew
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend