logo
  • शुक्रबार, असोज ९ २०८३

लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीको अनलाइनबाटै सधारण सभा सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री,गुल्मी कार्तिक ३ ।

लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीले १५ औं साधारण सभा सम्पन्न गरेको छ । कारोना महामारीका बिच प्रतिष्ठान गुल्मीले जुम माध्यमबाट साधारण सम्पन्न गरेको हो ।सभामा प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीको अध्यक्षता, लुम्बीनी प्रदेश अध्यक्ष संयोजक डिल्लनारायण पाण्डेको प्रमुख आतिथ्यता र निर्वतमान अध्यक्ष जनक पन्थ, पूर्व अध्यक्ष खुम खत्री लगायत जिल्ला कार्य समितिका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
सभाले आर्थिक सांगठनीक प्रतिबेदनको बारेमा छलफल गरेको प्रतिष्ठान गुल्मीका अध्यक्ष बसन्त खत्रीले बताए । सभाको अबसरमा प्रतिष्ठान गुल्मीले २ जना व्यक्तिलाई सम्मान समेत गरेको थियो ।सम्मानीत हुनेहरुमा नेपाल सरकारबाट जनसेवा श्री पन्चम पदकबाट सम्मानीत हुन सिफारिस भएकोमा प्रतिष्ठान गुल्मीका कार्यसमिति सदस्य मोहन बस्ने र प्रतिष्ठानको कार्यालय एक वर्षको भाडा सहयोग गर्ने मुसिकोट नगरपालिका निवासी शंकर अर्यालाई सम्मान गरिएको प्रतिष्ठानका निर्वतमान अध्यक्ष जनक पन्थले बताए । साधारण सभाको अबसरमा सम्मान पत्रले सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend