logo
  • शुक्रबार, असोज ९ २०८३

लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक (भिडियो सहित)


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाडौं कार्तिक ०२ ।

लकडाउनसँग सम्बन्धित वेब सिरिज ‘काण्डै काण्ड’ सार्वजनिक भएको छ । आजभोलि दिनप्रतिदिन नया–नयाँ वेब सिरिजहरु प्रसस्त मात्रामा मिडिया तथा डिजिटल मिडियाहरुमा आउने क्रममा छन । जसमध्ये एक हो अर्को के छ खबर टि.भि.(K Chha Khabar TV) ले उत्पादन गरेको वेब सिरिज ‘काण्डै काण्ड’ ।लकडाउनमा घटेका घटनालाई समेट्दै बनाइएको वेब सिरिजलाई नारायण उपाध्याले निर्देशन गरेका हुन्, भने सिरिजको सम्पादन योगेन्द्र कार्कीले गरेका छन् । सिरिजमा बिमला गिरी, कृतिबहादुर सिंह, नारायण उपाध्या, योगेन्द्र कार्की, पशुपति खनालकोे अभिनय रहेको छ, सिरिजलाई श्याम तामाङले छायांकन गरेका हुन् ।

वेब सिरिज ‘काण्डै काण्ड’ मा दर्शकलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्ने कोशिस गरिएको र सबैले मन पराउनेमा आफूहरु आशावादी रहेको के छ खबर टि.भिका नारायण उपाध्याले बताए ।

भिडियो हेर्नुहोस्-

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend