logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीको सिमीचौरमा प्रहरीद्धारा ८ कुन्टल गाँजा नष्ट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री,गुल्मी कार्तिक ०१ ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले गाँजा फडानी गर्ने अभियानलाई तिब्रता दिएको छ । समुदाय–प्रहरी साझेदारी अवधारण अनुसार प्रहरीले जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर–१० को सिमीचौर स्थित बिभिन्न ठाउँमा भएको अबैध गाँजालाई फडानी गर्नुका साथै नष्ट समेत गरेको हो ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव निरिक्षक रुद्रनाथ सापकोटा र सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म गुल्मीबाट सशस्त्र प्रहरी नायव निरिक्षक बिरबहादुर महतराको कमाण्डमा खटिएको टोलीले ८ कुन्टर गाँजाका बोटहरु नष्ट गरेको छ । प्रहरीले सिमीचौरका २ रोपनी जग्गामा प्राकृतिक रुपमा उम्रेका २२ सय अबैध गाँजाका बोटहरु फडानी स्थानीय जनप्रतिनिधिको रोहोवरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।पछिल्लो सयम यता लागुऔषध प्रयोगकर्ता बढ्दै जान थालेपछि त्यसको अत्य गर्नको लागि अभियान संचालन गरेको पन्तले बताए । मान्छेमा चेतना नभएका कारण वा कतै बुझ पचाएर गाँजा खेती फस्टाईरहेकाले बिस्तारै सवै स्थानमा सवैको सहयोगबाट गाँजालाई मुक्त गरिने प्रहरी नायव उपरिक्षक (डिएसपी) पन्तले बताए ।

गाउँमा पशुचौपाय विरामी हुदा गाँजा खुवाउदा ठिक हुने भएकाले गाँजाको वोट हुर्काउने प्रचलन रहेको छ । तर प्रहरीले पशुचौपायका लागि भन्ने बहाना मात्रै भएकाले गाँजाका बोट राख्नु र हुर्काउनु अवैध भएकाले भन्दै फडानी गर्दै आएको छ ।जिल्लामा व्यवसायीक रुपले गाँजा खेती भने गरिएको पाइएको छैन् । औषधी बनाउन तथा शिवरात्रीमा प्रसाद बनाउन गाँजा अर्थात भाँगोको प्रयोग गर्ने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend