साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
गुल्मी सेवा समाजको प्रतिवदता नि:स्वार्थ समाज सेवा आजको आवश्यकता भन्ने मूल नारा लिएर सन २००३ मा कतारमा स्थापना भएको गुल्मी सेवा समाज कतारले एक कार्यक्रमका बिच क्षेत्रिय संयोजक सुन्दर बस्नेतलाई बिदाइ गरेको छ ।
संस्थाका अध्यक्ष झबिन्द्र आचार्यको सभापतित्वमा आयोजित कार्यक्रममा संस्थाका कार्यसमिति सदस्य एव क्षेत्रीय संयोजक सुन्दर बस्नेतलाई बिदाइ गरिएको हो । सम्मान ग्रहण गर्दै बस्नेतले संस्थाको सम्मान प्रति भावुक मुद्रामा खुसि व्यक्त गर्दै मातृभूमिमै स्वावलम्बी बनेर केही गर्ने आफ्नो लक्ष्य रहेको हुँदा वैदेशिक रोजगारीलाई आफूले बिट मारेको बताए ।

बस्नेत पछिल्लो आधा दशकबाट संस्थामा सक्रिय भएर कार्य सम्पादन गर्ने विश्वासिला पात्र रहेको सभापति आचार्यले बताए । बस्नेतको अभाव संस्थालाई परिरहे पनि उनको मातृभूमिमा केही गर्छु भन्ने दृढ लक्ष्यले आफूलाई खुसी दिएको र जहाँ रहे पनि सामाजिक कार्यमा जोडी रहन आचार्यले आग्रह गरेका थिए । कार्यक्रमलाई संस्थाका सचिव कमल अर्यालले सहजिकरण गरेका थिए भने कार्यसमितिका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend