साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु कार्तिक १ ।
महिला हिंसा विरुद्ध सचेतना मूलक कार्यक्रममा सावित्री सुवेदीले महिला तथा बालिका माथि हुने अन्याय अत्याचार विरुद्धमा आफू देशभरी आवाज बुलन्द पार्दै हिँडेको बताउनुभयो । उहाँले छोरी आफ्नै घरबाटै असुरक्षित भएकोले आफ्ना छोरी चेलीको सुरक्षा गर्ने आमाको अधिकार भएको बताउनु भएको छ ।
निर्मला पन्त, सम्झना कामी, लगायतका छोरीहरुको बलात्कार पछि भएको हत्या र नारीहरु माथि हुने तेजाव आक्रमण विरुद्ध सरकार चुप लागेको र पुरुषको खेलौना मात्र भएका महिलाको हक अधिकार सुनिश्चित गर्न आवाज उठाएको बताउनुभयो । सरकारले यस्ता घटना माथि मौन भएर बसेको र छोरी चेलीहरुले जे पनि सहनु परेको गुनासो गर्दै अब देशका विभिन्न स्थानमा महिलाहरुलाई झक्झक्याउँदै सरकारमाथि न्याय खोज्न पहल गरेको बताउनुभयो ।
शनिबार कपिलवस्तुको चार नं. चोकमा भएको कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । कार्यक्रममा “महिला हिंसा कहिलेसम्म हामी चुप जहिलेसम्म″ भन्ने मूल अभियानका साथ अगाडी बढेका महिलाहरुका हातमा खुलम्खुला बलत्कारी बनाउँदैछन् नेताजी, नारीको मन छुने गर शरीर हैन,बलात्कारीलाई फाँसी दे, सरकार केमा व्यस्त छ कुर्सी तान्न व्यस्त छ, यो दमनकारी राज्य हो ।
बलात्कारी,नारीमाथि गिद्धे नगर नलगाउ, बालबिबाह गर्न बन्देज तर बलात्कार गर्न छुट हाम्रो नेपालमा जस्ता पम्प्लेटसँगै सरकार विरोधि नाराहरु लगाइएको थियो ।कार्यक्रममा नेपाल युवा परिषद् कपिलवस्तुको आयोजना, इ. आर.सि.को सह आयोजनाका साथै मेचीमहाकाली बुहारी संयुक्त आवाज, शान्ति आमा समूह लगायत १८ वटा संस्थाको सहकार्य रहेको थियो । सुनिता बेल्बासेको अध्यक्षता रहेको कार्यक्रम सुरक्षा तिवारीको संयोजनमा सम्पन्न भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend