logo
  • सोमबार, असोज १२ २०८३

जिल्ला प्रहरी कार्यालय गुल्मीले ६५ औँ प्रहरी दिवस मनायो


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी असोज ३० ।

जिल्ला प्रहरी कार्यालय गुल्मीले ६५ औँ प्रहरी दिवस कार्यालय प्राड्गणमा मनाएको छ ।आफनो कर्तव्य पालनाको शिलशिलामा आफनो कर्तव्य प्रतिको अटल भक्तिलाई जिवन्त पार्ने कर्तव्य पालनाको सिलसिलामा आफनो अमुल्य जिवन उत्सर्ग गरी विरगती प्रात्त गर्न पुगेका नेपालका विर अमर प्रहरीको स्मृतिको सम्झनामा र सम्मान स्वरुप शोक सलामी साथै मौनधारण कार्यक्रममा गरिएको थियो । प्रहरी कार्य, अपराध अनुसन्धान तथा नियन्त्रण लगाएत प्रहरी पेशाका विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्धारा प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले सम्मान गर्नुभएको थियो ।

जसमा सम्मानित हुनेहरुमा प्रहरी नायक उपरिक्षक मोहनलाल अधिकारी इस्मा गुल्मी, प्रहरी सायक निरिक्षक केशवराज रेग्मी चारपाला गुल्मी, प्रहरी हवलदार दिपक शाहि पुर्तिघाट गुल्मी, प्रहरी हवलदार जोशीराम रेगामी मगर अर्खवाङ्ग गुल्मी, प्रहरी जवान ज्योति गुरुङ्ग जिल्लाप्रहरी कार्यालय गुल्मीका प्रहरी कर्मचारीहरु सम्मानित हुनुभएको थियो । प्रमुख जिल्ला अधिकारि भरत कुमार शर्माले प्रहरी दिवसको अवसरमा सम्पूर्ण प्रहरीलाई शुभकामना दिनुभएको थियो । कोरोना भाइरस को माहामरीको अवस्थामा नेपाल प्रहरीले गरेको कामको प्रशंसा गर्नुभएको थियो । सदैब जनताको सेवामा लागि पर्न पनि शर्माले आग्रह गर्नुभएको छ । मुलुकमा शान्ती सुरक्षा कायम राख्ने कार्यमा आमनागरिकको जिम्मेवारी प्रति संवेदनशिल रही भवननिर्माण गर्न आफनो बहुमुल्य जग्गा निःशुल्क प्रदान गर्नुभएका जग्गा दाता इस्मा गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष कलानिधी भण्डारी लाई सम्मानगरिएको थियो ।

इस्मा गाउँपालिकाका जेष्ठ पुर्व प्रहरी कर्मचारी प्रहरी हवलदार शिवबहादुर कुवँर क्षेत्री र पुर्व प्रहरी कर्मचारी प्रहरी हवलदार रेसुङ्गा नगरपालिका वडा नम्बर ८ का धन बहादुर भलामी लाई सम्मान गरिएको थियो । प्रहरी नायक उपरिक्षक प्रविण लाल श्रेष्ठले प्रहरी दिवसको अवसरमा प्रहरीहरु लाई जनताको सुरक्षाको लागि निष्पक्ष भइ नेतृत्व गर्न निर्देशन गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend