साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं असोज २९ ।
पछिल्लो २४ घण्टामा देशभर ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । हालसम्म कोरोना निको हुनको संख्या भने ८४ हजार ५१८ पुगेको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको गौतमले बताए ।
यस्तै हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ पुगेको छ । जसमा संस्थागत आइसोलेशनमा १२ हजार ३४९ र होम आइसोलेशनमा २४ हजार १९४ जना रहेका छन् । यस्तै पछिल्लो २४ घण्टामा पीसीरआर १६ हजार ५९८ जनाको भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend