साझा नेटवर्क
सूर्य सुनार,गुल्मी असोज २९ ।
युथ अफ गुल्मीले विहीबार महिला हिंसा अन्त्य सम्बन्धी एक कार्यक्रम सम्पन्न गरेको छ । नेपालमा पछिल्लो पटक महिला हिंसा तथा महिलाहरु माथि बलात्कृत हुदाँ एउटा सिङ्गो राष्ट्र नै मौन रहेको यो समयमा सरकारलाई ध्यानआकर्षण गराउन उनीहरुले कार्यक्रम गरेको कार्यक्रम संयोजक पुजा रानाले जानकारी दिनुभयो ।
विगतका घटना हामी परिवर्तन गर्न सक्दैनौ तर अव भविस्यमा दोहोरिन दिदैनौ भन्दै सहभागीहरुले कार्यक्रममा नारा लगाएका थिए । नागरिक समाज गुल्मीका अध्यक्ष पदम पाण्डेले देशमा बढिरहेको महिला हिंसा सम्बन्धी सचेतना कार्यक्रम गरेको युथ अफ गुल्मीलाई धन्यवाद दिनुभयो । साथै यो काम देशका ठूला राजनितिक दलहरुले गर्ने काम उनीहरुले गरेको भन्दै नागरिक समाज गुल्मीका अध्यक्ष पाण्डेले प्रशंसा गर्नुभयो । महिला अधिकारकर्मी विष्णु सापकोटाले अहिलेको सरकारले महिला हिंसा गर्ने तथा बलात्कृतलाई कुनै प्रकारको कारबाही नगरेको उहाँले बताउनुभयो ।
एक पछि आर्को बलात्कृत हुदाँ पनि सरकार मौन रहेको महिला अधिकारकर्मी सापकोटाले उल्लेख गनुभयो । कार्यक्रम संयोजक पुजा रानाले देशमा महिला हिंसा बढिरहेको यो समयमा सरकारले कुनै पनि हाल्तमा बलात्कार गर्ने लाई कानुनी कारबाही गनुपर्ने कुरामा जोड दिनुभयो । युथ अफ गुल्मीले गृहमन्त्री राम बहादुर थापा बादललाई सम्पूर्णमा उचित यौन शिक्षा दिने कार्यक्रम गर्नुपर्ने, अपराधिलाई राजनितिक संरक्षणको अन्त्य गर्नुपर्ने, बलात्कृतलाई आजिवन सजायको व्यवस्था गर्ने लगाएतका १० बुँदै माग सहित प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्मा मार्फत ध्यानआकर्षण पत्र बुझाएको छ ।
साथै गुल्मी जिल्लाको सन्र्दभमा महिलाहरु तथा बालबालिका कोही असुरक्षितको महसुस भएमा प्रहरी वा प्रमुख जिल्ला अधिकारी लाई फोन गर्न प्रमुख जिल्ला अधिकारी भरत कुमार शर्माले आग्रह गर्नुभयो । कार्यक्रममा महिला अधिकारकर्मी, युथ अफ गुल्मीका सदस्य तथा युवाहरु, नागरिक समाजका अध्यक्ष, पत्रकार, सुरक्षाकर्मी, लगाएको उपस्थित रहेको थियो ।
ध्यानआकर्षण पत्र-
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend