logo
  • सोमबार, असोज १२ २०८३

ठेकी कुँदेर मासिक एक लाख कमाँउछन प्रेम चुँदारा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सज्जन ढकाल, गुल्मी असोज २८ ।
बाग्लुङ्ग नगरपालिका वडा नं १२ बलेवा चिप्लेटी निबासी ६० वर्षिय प्रेम चुँदारा हसिलो मुहारमा काठका ठेकी कुँदि रहेका भेटिन्छ्न । पछिल्लो समयमा नेपालमा परापुर्व कालदेखी गर्दै आएका पेसा हरु कतिपय लोपोन्मुख भएका छन । कतिपय लोप भैसकेका छन । नयाँ पुस्ता कमाउनका लागि खाडी तथा युरोपका कयौं देसमा बाढी जस्तै भैरहेको बेलामा बाग्लुङ्ग नगरपालिका वडा नं १२ बलेवा चिप्लेटी निबासी प्रेम चुँदारा भने दूध दहि महि गोरस राख्ने काठका ठेकी कुँद्न ब्यस्त छन् ।

स्थानीय गाउँ घर तथा बजारमा काठका ठेकिको माग उच्च रहेको छ । ब्यवसाय गर्ने मानिसहरु धेरै नभएकाले उनले यसै ब्यवसाय गरेर मासिक एक लाख कमाउन सफल भएका छन । आफ्नै घर बलेवामा पनि फ्याक्ट्री सन्चालन गरि चार जना लाई रोजगार पनि उपलब्ध गराएका छन् । केही समय पहिला नेपाली बजारमा स्टिल र प्लास्टिकले बर्चस्व जमाँईरहदा यस ब्यवसायमा केही सङ्कट आएको र व्यवसाय सन्चालन गर्न हम्मे हम्मे परेकाले खाडी मुलुक पनि गएको बताए ।,तर खाडी मुलुक साउदि अरबियामा सोँचे जस्तो कमाई नभयपछी ९ बर्ष पछि पुनः स्वदेस फर्केर आफ्नै पुरानो पेसालाई निरन्तरता दियको हामिलाइ बताए ।

दूध दहि महि र गोरस प्लास्टिक र स्टिलका भाँडा कुँडामा राख्दा नमिठो हुने हुँदा काठका ठेकिको माग स्थानीय गाउँ घर देखि बजार सम्म उच्च रहेको छ । आफुलाई माग पूरा गर्न हम्मे हम्मे परेको उनले बताए । पछिल्लो समयमा यसै ब्यवसाय सन्चालन गरेर राम्रो आम्दानी हुँदै गयपछी बाग्लुङ्ग र पोखरामा दुई पक्की घर बनाउन पनि सफल भयका छन् । आफू पन्ध्र बर्षको हुँदा देखि यश ब्यवसाय गर्दै आएको बताए । बलेवा चिप्लेटिमा पहिला यश ब्यवसाय गर्ने बीस घर धुरि भएता पनि आज भोलि कोहि नभएको सबै बिदेसिदै अन्य ब्यवसाय तर्फ आक्रसित हुँदै यश ब्यवसाय गर्न छोडेको उनले बताए ।

विशेष गरि चुँदारालाई ठेकी कुद्न बाग्लुङ्ग र गुल्मी जिल्लाका धेरै जसो ठाउँहरुमा स्थानीय बासिन्दाले बोलाउने हुँदा आफू गैसकेको बताए । जहाँ ठेकी कुद्न गयो उँहिका स्थानीय चार जना बासिन्दालाई रोजगार दिने गरेको उनले बताए । विशेष गरि ठेकी गिठि र गुराँसको राम्रो हुने गर्दछ । सबै स्थानमा गिठि र गुराँसका रुख उपलब्ध नहुने हुँदा विभिन्न स्थानमा जानू पर्ने उनले बताए । धेरै ठाउँमा हिड्नु पर्ने भएकाले नयाँ पुस्ता यश ब्यवसाय तर्फ आक्रसित नभयको यश काम गर्न छोडेको उनले बताए ।

आफुले कुँदेका ठेकी मेला महोत्सवको समयमा बाग्लुङ्ग पोखरा कुस्मा लगायत अन्य स्थानमा लगेर बेच्ने गरेको र माना अनुसार ठेकिको मूल्य फरक फरक हुने बताए १ प्रतिपिस आठ सय देखि बीस हजार सम्म एक ठेकिलाई पर्ने गर्दछ १ पछिल्लो समयमा नेपालमा यश ब्यवसाय लोपोन्मुख भयको र राज्य तथा स्थानिय सरकारले संरक्षण गर्न चासो नदेखायको उनले गुनासो समेत गरे १ आफ्नो सेख पछि यश ब्यवसाय यश ठाउँ देखि लोपहुने हुँदा नेपाल सरकार तथा स्थानिय निकाय बाट नयाँ पुस्तालाई सिकाउनु पर्ने उनको विशेष आग्रह समेत गरे १

बिदेसिन भन्दा यसै ब्यवासय गर्न उनले स्वदेसका युवाहरुलाई विशेष अनुरोध गरे । यो ब्यवसाय बाट राम्रो आम्दानी गर्न सकिने र एकै दिनमा ठेकीको आकार अनुसार सात आठ वटा कुद्न सकिने हुँदा बजारमा ठेकिको माग उच्च रहेकाले यश ब्यवसाय युवाले संचालन गर्नु पर्नेमा जोड दिए१ नयाँ काम सिक्न चाहने युवाले आफू सङ्ग सम्पर्क गरेको खण्डमा चार छ महिनामा ठेकी कुद्नु सक्षम बनाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend