logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा सवारी साधान कारवाहीमा ४ लाख वढि राजश्व संकलन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

अनिल खत्री, गुल्मी असोज २७ ।
गुल्मीमा सवारी साधानको कारवाहीमा ४ लाख वढि राजश्व संकलन भएको छ । सवारी नियम उल्लङगन गरि चलाउने बिभिन्न सवारी साधनहरुमा गरिएको कारवाहीमा ४ लाख २१ हजार ५ सय राजश्व संकलन भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) केदारराज पन्तले जानकारी दिए ।

असोज महिनको २६ दिनमा जिल्ला ट्राफिक प्रहरीको सक्रियतामा गरिएको सवारी कारवाहीमा उक्त राजश्व संकलन भएको हो । सवारी नियम उल्लङगन गरि चलाउने ६ सवारी साधन कारवाहीमा परेको पन्तले बताए ।

कारवाही पर्नेमा ३४ वटा ट्रक, ३२ वटा बस, २८९ वटा जिप, ४८ वटा ट्याक्टर, १९४ वटा मोटरसाइकल र स्कुटर, ३ वटा अटोले सवारी नियम उल्लङगन गरेका थिए । जिल्ला प्रहरी कार्याल गुल्मीले यात्रुबाट वढि भाडा लिएको चौतफी आवाज उठेपछि चेक जाँचलाई बढाएको थियो ।

चाडपर्व नजिएसँगै हुनसक्ने दुर्घटना न्यूनिकरण गर्ने उदेश्यले प्रहरीले पछिल्ला केहिदिन यता सवारी साधानहरुमा निगरानी बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend