logo
  • शुक्रबार, असोज ९ २०८३

गायक तथा सर्जक चौहानको दशैगित “घरमा आउदिन” सार्वजनिक


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

मधुसूधन पाण्डे, गुल्मी असोज २७ ।
दशैंँ नजिकीदै गर्दा दिनानुदिन धेरै संख्यामा गीतहरु सार्वजनिक भईरहेका छन् । यसै क्षेत्रमा पछिल्लो समय संघर्ष गरेको एउटा नाम हो अभिनव चौहान जसले गीत संगीतमा अहिले सङ्घर्षपुर्ण यात्रा गरिरहेका छन् । यस अघि पनि उनले अभिनय गरेका गीतहरु बजारमा आईसकेका छन ।

उनले यो सालमा धेरै गीतहरुमा लय तथा अभिनय गरेका गितहरु सार्वजनिक हुने क्रम जारी छ । उनले अहिले गायन/सर्जक/निर्देशन/अभिनय जस्ता धेरै क्षेत्रमा हात हालेका छन्।ऊनी पेसाले पूर्व सञ्चारकर्मी रेकर्डिष्ट र संगीतकर्मी पनि हुन् । उनै अभिनवको निर्देशन/आवाज र अभिनय रहेको घरमा आउदिन बोलको दशैंँ गीत आज मात्रै सार्वजनिक भएको छ ।

जसमा शब्द भरत चौहान र लय तथा एरेन्ज कृष्ण लामिछानेको छ । विरेन्द्र भट्ट र नमराज घिमिरेले निर्देशन गरेको यस गीतलाई विष्णु भट्टराईले सम्पादन गरेर अविरल फिल्मसको आधिकारिक युटुब च्यानल मार्फत सार्वजनिक भएको छ ।

मंगलम रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको गीतमा अभिनव चौहान, सलिना बुढाथोकी, सावित्री दाहाल र कमल सेर्पालीको अभिनय देख्नु सक्नुहुनेछ भने भरत चौहानको नामबाट बजारमा गीत आएको हो ।


हेरौं पूरा भिडियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend