साझा नेटवर्क
साझा नेटवर्क,पाल्पा असोज २५ ।
सुशील कोइराला सोसलिष्ट युथ सर्कल पाल्पाको अध्यक्षमा युवराज चन्द ठकुरी मनोनित भएका छन ।
नेपाल विद्यार्थी संघमा लामो समयदेखि कृयाशिल चन्द ठकुरि नेपाल विद्यार्थी संघ पाल्पा जिल्ला सदस्य समेत हुन । आज सुशील कोइराला सोसलिष्ट युथ सर्कलका केन्द्रिय अध्यक्ष तारा बहादुर थापाले पाल्पाका लागि युवराज चन्द ठकुरि लाई मनोनीत गरेको नेपाल विद्यार्थी संघ निबर्तमान केन्द्रिय हरिबोल भट्टराईले साझा नेटवर्कलाई जानकारी दिए ।
अध्यक्ष युवराज चन्द ठकुरिले आफू अध्यक्ष मा मनोनीत हुनु एक खुशी तथा चुनौतीको विषय रहेको बताए उनले छिट्टै पुरै जिल्ला कार्यसमिति निर्माण गरि पाल्पामा कार्यसमिति लाई पूर्णता दिने बताएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend