साझा नेटवर्क
प्रिन्स मिश्रा,कृष्णनगर असाेज २५ ।
कृष्णनगर टुर एण्ड ट्राभल्स एसाेसियसनकाे आयाेजनामा दशैं,तिहारकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
एसाेसिएसनका संयाेजक रवि शाहकाे अध्यक्षतामा स्थानिय बुद्धिजीवी ,संघसंस्थाका प्रतिनिधि , उद्योग वाणिज्य संघ कृष्णनगरका पदाधिकारी लगायतकाे उपस्थितिमा शुभकामना अादान प्रदान कार्यक्रम आयाेजना गरिएकाे थियाे । कार्यक्रममा नेपाल र भारतका स्थानीय जनप्रतिनिधि , संघसंस्था प्रतिनिधि, संचारकर्मी तथा कृष्णनगर टुर एण्ड ट्रवल्सका पदाधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए । दुवै देशमा विद्यमान राजनितिक, समाजिक, संस्कृतिक सम्बन्धलाई नियाल्दै वक्ताहरुले टुर एण्ड ट्रवल्स सेवाका माध्यमले पनि आपसी सम्बन्धमा मजबुती आउने बताएका छन ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक शुकदेव पौडेल , बॉर्डर आउट पोस्ट कृष्णनगरका प्रहरी निरीक्षक निरञ्जन कार्की , (स्थाइ प्रहरी पोस्ट ) लिंक गेटका नायब निरीक्षक रेशम बहादुर जीसी , प्रवक्ता अकरम पठान, भारत सिद्धार्थनगरका भाजपा युवा माेर्चा अध्यक्ष राजु शाही, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रामकुमार गुप्ता,लायन्स क्लबका दिनेश चन्द्र गुप्ता, जसपा प्रदेश पाँच पिआरसीका भुमिराज भट्टराई , केआ आफन्त नेपालका जिल्ला संयोजक केसर विश्वकर्मा लगायतकाे उपस्थिति थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend