साझा नेटवर्क
प्रिन्स मिश्रा, कृष्णनगर असोज २४ ।
जिल्लाकाे कृष्णनगर नगरपालिकामा एक जना भारतीयकाे सब पाेखरीमा बेवारिसे अवस्थामा फेला परेकाे छ । भारतको बढनी घर भएका बर्ष ६५ का नन्द कुंवरकाे सब कृष्णनगर नगरपालिका ८ दयानगर गाउँकाे दक्षिणमा रहेकाे पाेखरीमा बेवारिसे अवस्थामा फेला परेकाे इलाका प्रहरी बहादुरगंजले जनाएकाे छ।
हिजो दिउंसाे २ बजे स्थानियहरु पानीमा शव तैरिदै गरेकाे देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीर सुन्निएकाले एकहप्ता पहिलाकाे सब हुना सक्ने भन्दै प्रारम्भिक परिक्षणका लागि शिवराज अस्पतालमा पठाइएकाे नायब प्रहरी निरिक्षक धर्मराज भण्डारीले बताए ।
उता बढनी घरभएकाे मृतकका परिवारवाला खबर पाएपछि घटनास्थल पुगेर शवकाे सनाखत गरेका छन तर पानीमा डुबेर मृत्यु भएकाे हाे व हाेइन भन्ने घटनाबारे अनुसन्धान गर्न प्रहरी संग माग गरेका छन ।


© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend