साझा नेटवर्क
यमलाल भुसाल,बुटवल असोज २३ ।
पाल्पा रिब्दीकोण १ ख्याहा रुपन्देही सम्पर्क समाजद्धारा सामाजिक अभियान अन्तर्गत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।
समाजले स्थापना काल देखि नै हरेक वर्ष आयोजना गदै आएको रक्तदान कार्यक्रमलाई कोरोना माहामारीले गर्दा असहज परिस्थितीमा पनि सामाजिक दुरी कायम गरि कार्यक्रम आयोजना गरिएको समाजका अध्यक्ष तुल्सी प्रसाद पराजुलीले बताउनु भयो ।
नेपालीहरुको महान चाड विजया दशमीको शुभ अवसर पारेर समाजले आयोजना गरेको रक्तदान कार्यक्रममा ४५ जनाले रक्तदान गर्नु भएको समाजका महासचिव युवराज पराजुलीले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend