साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं असोज २२ ।
फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी छन् । प्रधानमन्त्री सन्ना मरिनले एक दिन बुधबारका लागि आभा मुर्तो नामकी १६ वर्षीया किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन् । उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको हो ।
संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो । आभाले एक दिनको प्रधानमन्त्री हुँदा आफूले रमाइलो महसुस गरेकी बताएकी छन्। उनले बैठकपछि पत्रकारका प्रश्नको समेत सामना गरेकी छिन् । आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् । उनले एक दिन प्रधानमन्त्री हुँदा बुधधार मन्त्री तथा सांसदहरुसँग विकास र वैदेशिक व्यापारका विषयमा समेत छलफल चलाएकी थिइन् ।
हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् । उनी गत वर्ष ३४ वर्षको उमेरमा प्रधानमन्त्रीमा चयन भएकी थिइन् । महिलाहरुको बहुमत रहेको उनको मन्त्रिपरिषदमा तीन मन्त्री पनि ३५ वर्षभन्दा कम उमेरका छन् । -एजेन्सी
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend