साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं असोज २० ।
वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नी रमिलालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनले मंगलबार फेसबुकमार्फत आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आचार्यका अनुसार उनीहरुको स्वास्थ्य अवस्था सामान्य छ । ‘यहाँहरुको माया, आशिर्वाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्नेछौं । कोरोना संक्रमण ब्यापकरुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरुपमा अवलम्बन गर्नुहुन अनुरोध छ,’ हरिवंशले फेसबुकमा लेखेका छन् ।
उनले आफूहरुको सम्पर्कमा रहेकाहरुलाई होम आइसोलेसनमा बस्न र परीक्षण गराउन आग्रह गरेका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend