logo
  • शनिबार, भाद्र २० २०८३

बागलुङ सेवा समाज कतारद्वारा टुहुरो बालकलाई अर्थिक सहयोग


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

साझा नेटवर्क, कतार ।
बागलुङ सेवा समाज दोहा कतारले बागलुङ जिल्ला स्थाई घर काठेखोला गाउँपालिका ५ बस्ने छम परियारको २० दिनको दूधे बालकलाई नेरू पचास हजार अर्थिक सहयोग गरेको छ । बागलुङग सेवा समाज कतारको अघिल्लो समितिका उपाध्यक्ष समेत रहेका छम परियारको श्रीमती थुमा परियारको गत १३ असोज मंगलवार दिन असामहिक निधन भएको थियो ।

सुत्केरी भएको महीना दिनपनी नहुदै श्रीमती गुमाउनुको पिडा मात्र परियारलाई परेन , आमा विना सुत्केरी बालकको प्राण बचाउन झनै कष्ठकर पिडा भोगेका पूर्व उपाध्यक्ष छमलाई दुःखको बेला सहानुभूति पूर्वक समाजले हरेक सहयोग गर्न तत्पर रहेको बागलुङ सेवा समाज कतारका अध्यक्ष सन्तोष पौडेलले बताउनु भएको छ ।

घर बिदामा गएका समाजका वर्तमान सहसचिव बाबूराम गैरे, पूर्व अध्यक्ष बालसिङ्ग परियार, भूतपूर्व उपाध्याय नागेन्द्र बा. पौडेल, सदस्य मानसिङ्ग परियार र जिल्लामा बसोबास गर्ने समाजसेवी सुजीत लामीछाने सहित बाग्लुङ्गेहरू पीडित छम परियारको घरमा पूगेर श्रद्धाञ्जली सहित सहयोग हस्तान्तरण गरेका थियो भने, यता दोहामा गन्डकी प्रदेश कतार र बागलुङ सेवा समाज कतारले संयुक्त मौनधारण गरेका थिए ।

“गन्डकी प्रदेश” कतारले शोकाकुल परिवारलाई र नवजात शिशुको स्याहार संभारका लागी तत्काल १० हजार अार्थिक सहयोग बाग्लुङ्ग सेवा कतार मार्फत सहयोग गरेको गन्डकी प्रदेश कतारका अध्यक्ष हंसराज ढकालले बताउनु भएको थियो ।

उक्त दुःखद खबरलाई लिएर बागलुङ सेवा समाज कतारका प्रमुख सल्लाहकार सागर पौडेल र संरक्षक द्वय रमेश भट्ट, चन्द्रकान्त शर्मा (केदार) लगायत कार्यसमितिको आपातकालीन बैठक बासी प्रवासमा गठन भएका र हुँदै गरेको “बागलुङ सेवा समाज”लाई नवजात शिशुको भविष्यलाई ध्यानमा राखी सहयोग गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend