logo
  • सोमबार, असोज १२ २०८३

अराजक र उद्धण्ड काम नगर्न अपिल


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

बुटवल, असोज १९ ।
नेपाल कम्युनिष्ट पार्टी रुपन्देही क्षेत्र नं २ क्षेत्रीय कमिटीले एक विज्ञप्ति प्रकाशित गरी प्रदेश ५ का मुख्यमन्त्री पार्टीका स्थायी कमिटी सदस्य तथा ५ नं. प्रदेशका इन्चार्ज शंकर पोखरेल सवार गाडीमाथि आइतबार साँझ केही उच्छृङखल ब्यक्तिहरुले ढुंगा प्रहार गरेको घटनाप्रति तीब्र रोष प्रकट गर्दै यस्ता अराजक र उद्वण्ड काम नगर्न अपिल गरेको छ ।

“आइतवार काठमाडौंबाट भैरहवा विमानस्थल ओर्लेर बुटवल आउँदै गर्दा बुटवलको राजमार्ग चौराहा नजिक सिद्धार्थ कटेज अगाडि मुख्यमन्त्री सवार गाडी र उहाँको स्कर्टिङमा रहेका दुई वटा गाडीमाथि ढुंगा प्रहार भएको घटनाले हामीलाई गंभीर चिन्तित वनाएको छ,”क्षेत्रीय संयोजक तेजेन्द्र केसी र सचिव सुदीप न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

लोकतन्त्रमा असहमति राख्न र शान्तिपूर्ण विरोध तथा प्रदर्शन गर्न कुनै प्रकारको छेकवार नरहेको प्रसंग उल्लेख गर्दै तर, यसो गर्दा अरुको अधिकारको हनन नगर्न विज्ञप्तिमा सचेत् गराइएको छ । विज्ञप्तिमा त्यस्ता अराजक र उद्वण्ड ब्यक्तिलाई कानुनको दायरामा ल्याई आबश्यक कारवाहीको माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend