logo
  • शनिबार, साउन ३० २०८३

हिमाल रेमिट र अल फरदान एक्सचेञ्जद्वारा ६ लाख रुपैयाँको दशै-तिहार उपहार


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

राम प्रसाद ढुंगेल, युएई ।
युएईको विस्वासिलो अल फरदान एक्सचेन्ज र हिमालयन बैंकको ‘हिमाल रेमिटले नेपालीहरुको महान पर्व दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै आफ्ना ग्राहकहरुको लागि ६ लाख रुपैयाँ राशिको आकर्षक उपहार योजना घोषणा गरेको छ ।
युएईभरि ६० भन्दा बढी शाखा भएको अल फरदान एक्सचेञ्जबाट हिमाल रेमिटमार्फत पैसा पठाउने जो कोही नेपाली ग्राहक यो योजनामा सहभागी बन्न सकिने हिमाल रेमिटका प्रतिनिधि गोकुल ज्ञवालीले जानकारी दिनुभएको छ । अक्टोबर १ देखि लागू भएको यो योजना अन्तर्गत तीन जनाले  जम्मा ६ लाख रुपैयाँ पाउनेछन् ।

नोभेम्बर १४ सम्म चल्ने यो योजनाको बम्पर पुरस्कार ६ लाख रुपैयाँको रहेको र यी पुरस्कार प्राप्त गर्न अल फरदान एक्सचेञ्जबाट नेपालमा हिमालय बैंक अथवा हिमाल रेमिटका आधिकारिक एजेन्टमार्फत आफन्तले पैसा निकाल्न सक्नेगरी युएईबाट रेमिट्यान्स गर्नुपर्ने अल फरदान एक्सचेञ्ज विभाग हेर्ने हिमायन बैंकका युएई प्रतिनिधि ज्ञवालीले बताएका छन् ।

६ लाख रुपैयाँको बम्पर पुरस्कारका साथै यस योजनामा  हरेक हप्ता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहारहरु मोबाइल, टिभी, राइसकुकरहरु लगायतका इलेक्ट्रोनिक सामाग्रीहरु पनि उपहारस्वरूप प्रदान गरिने रेमिटले जनाएको छ ।

यस योजनामा भाग लिई यसपालिको दशै-तिहार र छठलाई उत्सवमय साथै उपहारमय बनाउनका लागि युएईमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनी तथा दाजुभाईहरुले युएइको अल फरदान एक्सचेन्ज (Al Fardan Exchange ) मार्फत हिमाल रेमिटबाट पैसा पठाउन हिमालय बैंकले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend