logo
  • शनिबार, साउन ३० २०८३

डा. केसीको जीवनरक्षाका लागि जनसम्पर्क समिति कतारको ज्ञापन-पत्र


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

कतार, असोज १८ ।
लामो समयदेखि चिकित्सा शिक्षा सुधारकालागि सत्याग्रह गर्दै आउनु भएका डा. गोबिन्द केसीको जटिल बनेको स्वास्थ स्थिति दृष्टिगत गरेर अविलम्ब वार्ता गर्न र जाहेज मागहरू पूरा गर्न र उहाँको जीवन रक्षा गर्न किञ्चित ढिलाइ नगरी जीवन रक्षाका निमित्त नेपाली जनसम्पर्क समिति कतार सरकार संग जोडदार अपील गर्दछ ।

डा. केसीको अनशन २१ औं दिन पुगेर स्वास्थ्य स्थिति चिन्ताजनक बनिसक्दा समेत सरकारले वार्ता गरेर माग पूरा गर्न गम्भीरता प्रस्तुत नगरेको स्थिति अत्यन्तै दुःखद र गम्भीर चिन्ता प्रवासमा रहेका नेपालीहरुमा रहेको छ । चिकित्सा शिक्षा क्षेत्रमा भएका बेथिती र मेडिकल माफियाहरुको बिरुद्ध अनशनरत डा. केसी संग गरिएका सहमति कार्वान्वयन नहुदा पटक पटक सत्याग्रह गर्न बाध्य डा. केसी संग हालसालै बर्तमान सरकारले गरेका अभद्र ब्यबहार घोर निन्दनीय छ ।

विश्व कोभिड १९ महामारीको संकटमा फसिरहेका बेला जनताको जनजीवनमा परेको असरप्रति जिम्मेवार भएर प्रस्तुत नहुनु जनताको स्वास्थ्य प्रति गम्भीर नभई स्वास्थ्य सामाग्री खरिद प्रकरण, भ्रष्टचार कमिशन र आन्तरिक किचलोमा अल्झिनु प्रवासमा रहेका लाखौ नेपालीहरुको उद्धारमा समेत कमिशनको चलखेलमा लिप्त हुनुले यस्तो महामारीमा पनि देश विदेशमा रहेका आम नेपालीहरुले सरकार भएको अनुभूति गर्न नपाएको अवस्थामा डा. केसीको सत्याग्रहमा समेत सरकार गम्भीर नहुनु खेद पूर्ण छ नेपाल सरकारलाई डा. केसीको जीवनरक्षा प्रति गम्भीर हुन आग्रह गर्दै नेपाली कांग्रेस पार्टीले राखेका निम्न बुदाहरुमा ऐकबद्धता जनाउदै सरकारको गम्भीर ध्यनाकर्षण गराउन चाहन्छौ ।

१. प्रधानमन्त्रीको अग्रसरता ०७५ साउन १० गते डा. गोविन्द केसीसँग नेपाल सरकारले गरेको सहमति स्वयं प्रधानमन्त्रीकै अगुवाइमा माघ महिना उल्लंघन गरिएकोले आजको परिस्थिति आएको हो त्यसैले आफुले गरेका सहमति प्रति सरकार गम्भीर होस् ।

२. डा. केसीको पछिल्लो अनशन जुम्लामा शुरु भएर, नेपालगन्ज हुँदै काठमाडौ पुगेर जबर्जस्ती ट्रमा सेन्टर र त्यहाँबाट शिक्षण अस्पताल पुग्दै गर्दासम्म सरकारले प्रस्तुत गरेको ब्यवहारले एक कर्मयोगिको अपमान मात्रै गरेको छैन सरकारको अविवेकी र अनुदार चरीत्र थप उजागर गरेको छ सरकार र सुरक्षाकर्मीहरुको उक्त ब्यबहारको निन्दा गर्दछौ ।

३. नेपाली कांग्रेसको सरकारका पालामा चिकित्सा शिक्षामा विस्तार भएको, चिकित्सा शिक्षामा सुधारका लागि उच्च स्तरीय माथेमा कार्यदल बनाइएको र डा. केसीका मागहरू पूरा गर्दै “राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, ०७४” पनि जारी गरिएको थियो । सो अध्यादेशले मार्गप्रशस्त गरेको बाटोलाई वर्तमान नेकपाको सरकारले ईमानदार ढंगले कार्यान्वयनको दिशामा लगेको भए चिकित्सा शिक्षाको क्षेत्रमा सुधार र प्रगतिको गति यसबेला सम्म फरक उचाइमा पुगिसकेको हुने थियो । डा. केसीको यो अनशनको समयमा ‘बिराएको बाटोबाट ठिक बाटोमा आउन नेपाल सरकारलाई हार्दिक अपील गर्दछौ ।

४. डा. केसीको स्वास्थमा बढ्दो प्रतिकुलता दृष्टिगत गरेर तत्काल वार्ता समिति गठन गरि ‘इमानदार वार्ता र सार्थक कार्यान्वयन’ मा तदारुकता प्रस्तुत गर्न सम्माननिय प्रधानमन्त्री एवं उहाँको नेतृत्वको सरकारलाई अपील र आग्रह गर्दछौ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend