logo
  • सोमबार, असोज १२ २०८३

राजधानी सार्नखोजे सडकमा सुतेर आन्दोलन चर्काउने होटल व्यवसायी संघको चेतावनी


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

यमलाल भुसाल, बुटवल असोज १७ ।
प्रदेश ५ को स्थायी राजधानी बुटवलबाट अन्यत्र सार्ने प्रदेश सरकारको निर्णय र प्रदेश सभामा पेश भएको प्रस्ताव प्रती होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको गम्भिर ध्यानाकर्षण भएको छ । बहुसंख्यक जनताको केन्द्र ,पूर्वाधारका हिसाबले सुबिधासम्पन्न , राजधानीको नाममा यहाँका सामाजिक संघ संस्थाहरुले आफना सुबिधा सम्पन्न वन समेत सरकारलाई उपलब्ध गराएको र उपयुक्त रुपन्देही जिल्लाबाट राजधानी सारेर दाङ लैजाने निर्णय अव्यवहारीक र अदुरदर्शि भएको संघको ठहर छ ।

संघका अध्यक्ष समुन्द्र जिसी र महासचिव माव कुमार खनालद्धारा जारी विज्ञप्तिमा बुटवलमा स्थायी राजधानी स्थापना गर्न विगत लामो समयदेखि यस क्षेत्रका व्यवसायिक संघसंस्था र आम सर्वसाधारणले गरेको योगदानलाई अवमुल्यन एको ठहर समेत गरिएको छ । विज्ञप्तिमा राजनैतीक पूर्वाग्रही मानसिकता कारण हालको विषम परिस्थिीतिको समेत ख्याल नराखी प्रस्ताव पेश गरिनु यस क्षेत्रका व्यवसायी र जनमत माथी खेलवाड गर्न खोजिएको उललेख गरिएको छ ।

देशका हरेक आन्दोलनको उर्वर भूमिका रुपमा परिचित बुटवलका व्यवसायी र आम जनताको शक्तिलाई कमजोर आकलन नर्गन र बुटवललाई नै स्थायी राजधानी कायम गर्न संघले माग गरेको छ । विज्ञप्तिमा प्रदेश नं ५को स्थायी राजधानी बुटवको विकल्प नरहेको भन्दै यसको बिकल्प खोजिए जस्तो सुकै आन्दोदन गर्न र सडकमा सुन्त बाध्य हुन परेपनि तयार रहेको चेतावनी समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend