logo
  • सोमबार, असोज १२ २०८३

बडिगाडमा कर्मचारीको भेला, स्थानिय तह कर्मचारी हकहित संरक्षण मञ्च गठन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बाग्लुङ्ग असोज १६ ।
बाग्लुङ्गको बडिगाड गाउँपालिकामा कर्मचारीहरुको भेलाले स्थानिय तह कर्मचारी हकहित संरक्षण मञ्चको गठन गरेको छ । “कर्मचारी कर्मचारी विचको भेदभाव अन्त्यका लागि हाम्रो एकता, जनमुखि तथा गुणस्तरीय सेवा प्रवाह प्रति हाम्रो प्रतिवद्धता” भन्ने नारा सहित गठन भएको तदर्थ समितिको अध्यक्षमा प्रकाश पौडेल, उपाध्यक्षमा प्रविन गौतम, उपाध्यक्ष महिलामा योग कुमारी कामी, सचिवमा प्रकाश बहादुर क्षेत्री, सहसचिवमा कमल विसी, सहसचिव महिलामा गितादेवि रेग्मी शर्मा, कोषाध्यक्षमा मञ्जु कार्कि, सहकोषाध्यक्षमा मिन बहादुर सलामी रहनुभएको छ।

त्यस्तै सदस्यहरुमा डिल्ली प्रसाद शर्मा, कुलराज घिमिरे, सुमित्रा घर्ति, मोहन महतरा, संजय कुमार महतो, विशाल केसि, सन्ध्या पौडेल र कमल पुन रहनुभएको छ। त्यस्तै भेलाले गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाको संयोजकत्वमा सल्लाहकार समितिको समेत गठन गरेको छ।

जसको सदस्यमा उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी तथा प्रशासकिय अधिकृत थम्मन बहादुर रेश्मी रहनुभएको छ। भेला लेखा अधिकृत डिल्ली प्रसाद शर्माको अध्यक्षता एवं योजना अधिकृत प्रकाश पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend