logo
  • सोमबार, असोज १२ २०८३

बडिगाडका स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधि अभाव नहुने


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

कमल पौडेल

१५ असोज, बागलुङ।

बडिगाड गाउँपालिका स्वास्थ्य शाखाको आयोजना स्वास्थ्यकर्मिहरु विच वार्षिक प्रगति समिक्षा तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ। गाउँपालिकाको सभाहल ग्वालीचौर खारमा २ दिन सम्म चलेको गोष्ठीको एक वर्ष सम्म गर्ने कार्ययोजना समेत तयार गरेको छ। प्रत्येक स्वास्थ्य चौकीबाट दिइने सेवालाई प्रभावकारी बनाउने गरि कार्ययोजना तयार गरिएको स्वास्थ्यकर्मि हेम पुनले जानकारी दिनुभएको छ। गोष्ठीले सामुदायीक स्वास्थ्य इकाइमा पर्याप्त भौतिक सामाग्रि, स्वास्थ्य चौकीमा ३८ प्रकारका औषधि नियमित गर्ने, पुरानो भवन भएका र भवन नभएको स्थानमा नयाँ भवनको लागि प्रक्रिया अगाडि वढाउने, कर्मचारीको पदपूर्ति भैसकेकोले वडा नं. २, खर्वाङ, वडा नं. ६ खाल र वडा नं. १० दर्लिङमा आधारभुत स्वास्थ्य इकाई सञ्चालन गर्ने लगाएतका निर्णय गरेको छ।

 

 

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend