logo
  • शनिबार, साउन ३० २०८३

रामेछाप सेवा समाज कतारद्वारा प्रेस वक्तव्य जारी


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

प्रेस विज्ञप्ति

 

नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पुनः नियुक्तिको विषयलाई लिएर सरकारको आधिकारिक व्यक्तिहरुबाटै संचार माध्यमहरुमा नकारात्मक तथा सतही टिक्काटिप्पणीहरु गर्नुको साथै मन्त्री परिषद्को कैयौँ बैठकहरुमा पुनः नियुक्तिबारे कुनै छलफल नै नहुनु र नेपाल विद्युत प्राधिकरण ऐन – २०४१ मा प्राधिकरण प्रमुख कार्यकारी नेपाल सरकारले तोक्न सक्ने स्पष्ट व्यवस्था हुँदाहुँदै पनि अविलम्ब नियुक्ति नगरी उल्टै प्रधानमन्त्रीले कानुनी व्यवस्थाबारे प्रश्न उठाइएकोमा हामी रामेछाप सेवा समाज कतार तथा प्रवासी युवाहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

जलश्रोतमा विश्वको दोश्रो धनी देशको रुपमा परिचित नेपाल साँच्चै नै स्वर्गको एउटा टुक्रा हो जहा“ व्यावसायिक दक्षता र चारित्रिक निष्ठाको कदर हुने हो भने हाम्रो देश विश्वमानचित्रमा सधँै अग्र स्थानमा रहन सक्नेमा कुनै दुईमत छैन र देशको सुनौलो प्रगति मात्र नभएर हरेक नागरिकको जीवनस्तर उच्च एवम् समृद्ध हुनेमा समेत हामी स्पष्ट छौँ ।

विगतमा दैनिक १८ घण्टासम्मको अन्धकारमय जीवनी भोगेका हामी आम नेपालीहरु कुलमान घिसिङ ज्यूलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी सुम्पिए पश्चात कुशल व्यवस्थापकीय क्षमता र चारित्रिक निष्ठाको कारण नेपाल लोडसेडिङ मुक्त देश बन्नुमा उहाँको अतुलनीय योगदान रहनुको साथै वर्षौ देखि ३४ अर्ब रुपैयाँ सञ्चित घाटामा रहेको संस्थालाई आफ्नो कार्यकालमा क्रमशः ११ अर्बको सञ्चित नाफामा ल्याउँदै देशको अर्थतन्त्रलाई समेत बलियो बनाउँन अब्बल भूमिका निभाउँनु भएको सबैमा सर्वविदितै छ ।

त्यसै गरी राष्ट्रिय महत्वाकांक्षी परियोजनाहरु जस्तै विद्युतीय तारलाई भूमिगत गराउँन, स्मार्ट मिटर जडान गर्न, अनलाईनबाटै बिल भुक्तानी गर्ने प्रविधिलाई विस्तार गराउँन, ग्रामीण विद्युतीकरण, उज्यालो नेपाल नामक योजना अन्तर्गत “नेपालको पानी जनताको लगानी” भन्ने नारालाई सार्थक तुल्याउँन र देशभित्रका निर्माणाधिन जलविद्युत परियोजनाहरु समयमै सु–सम्पन्न गराउँदै यस अभियानहरुलाई एउटा तार्किक मोडसम्म पु¥याउँनका निम्ती निवर्तमान कार्यकारी निर्देशक श्री कुलमान घिसिङको पुनः नियुक्ति नै वर्तमान आवश्यक्ता हो ।

तसर्थ, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुकोे मनोभावलाई सम्बोधन गर्न, मुलुकलाई दिगो विकासतर्फ उन्मुख गराउँन र सुखी नेपाली तथा समृद्ध नेपालको परिकल्पनालाई जीवित राख्नको लागि पनि विद्युत प्राधिकरण प्रमुखमा उहाँको विकल्प नभएको हामी वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरुको दाबी हो । अन्यथा भाबी दिनहरुमा रेमिट्यान्सको भरले मात्र अर्थतन्त्र जोगाई रहेको यस विषम परिस्थितिमा यो सानो गल्ती नै ठुलो विष नबन्ला भन्न सकिन्न ।

 

ललित कुमार लो तामाङ
अध्यक्ष
रामेछाप सेवा समाज कतार

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend