साझा नेटवर्क
सृजना आचार्य, कपिलवस्तु असोज १२ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको जितपुर चौंकमा डा. गोविन्द के.सी.को जीवन रक्षाको माग गर्दै युवाहरुको धर्ना तथा प्रदर्शन गरेका छन् ।
</a
चिकित्सा क्षेत्रमा सर्वसाधारणको पहुँच र सुधारको माग गर्दै १९ औँ अनसन बसेका डा.गोविन्द के.सी. को जायज माग हरु पुरा गर्न र उनको जीवन रक्षा गर्न सरकार लाई दबाब र उनको समर्थन मा प्रदशन गरेको युवा समाजसेवी विशाल अधिकारी ले जानकारी गराए।
डा.गोविन्द केसी समर्थन समूहको आयोजनामा जिल्लाको वाणगंगा नगरपालिकाको जितपुर चौकमा सोमबार बिहान ८ बजे देखि युवाहरुले शान्तिपूर्वक धर्ना तथा प्रदर्शन सुरु गरेका हुन् । अनशनरत डा.के.सी.को अवस्था दिनप्रतिदिन बिग्रिदै गएको भन्दै युवा विद्यार्थीले चिन्ता व्यक्त गरेका छन् । धर्ना कार्यक्रमको करिब २० जना युवाले सामूहिक नेतृत्व गरेका छन् ।
सरकारले डा.के.सी.को जीवन रक्षाको ग्यारेन्टी नगर्दासम्म धर्ना तथा प्रदर्शन कार्यक्रम दैनिक रुपमा संचालन गरिने आन्दोलनरत अगुवा युवा चन्द्रकान्त पोख्रेलले बताए । युवाहरुको धर्ना तथा प्रदर्शनप्रति स्थानीय विभिन्न संघ संस्थाहरुले समेत ऐक्यवद्धता जनाएका छन्।
शान्तीपुर्ण प्रदशनमा शक्ती सिंह ठकुरी, तिलक थापा, निर्मल शर्मा, विवेक पौडेल,आर्यन पौडेल, सुभद्रा पोख्रेल, गौरव पौडेल, सरोज घिमिरे, सुशान्त पोख्रेल, भीम पौडेल लगायत का दुई दर्जन बढि युवाहरुको सहभागिता रहेको कुरा मधु सुधन भुसालले जानकारी गराउनु भयो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend