logo
  • सोमबार, असोज १२ २०८३

युवा नेता पाण्डे द्वारा २ गाउँका फुटबल क्लबलाई खेलकुद सामग्री हस्तान्तरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सृजना आचार्य , कपिलवस्तु असोज १० ।
कपिलवस्तुको मधुवन सुकुम्बासीमा खाद्यान्न सामग्री वितरण गरेका टी .आर पाण्डेले आहिले फेरि दुई गाउँ ( मधुवन , मोर्मि) का फुटबल क्लब लाई खेलकुद  सामग्री हस्तान्तरण गरेका छन  ।
खेलाडीहरुको मनोबल उच्च राख्न र युवाहरुलाई कुलत बाट टाढा राख्न सो कार्य गरेको र आगामी दिनमा पनि आवश्यक परे जस्तो सक्दो सहयोग गर्ने पाण्डेले बताएका थिए।

त्यसै गरी युवा समाजसेवी हिम्मत न्यौपानेले पाण्डेले गरेको कार्यको प्रसंशा गर्दै खेलाडीहरुको तर्फ बाट धन्यवाद प्रकट गरेका छन्।

खेलकुद समाग्री पाए पछि खेलाडीहरुले खुशी व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend