logo
  • सोमबार, असोज १२ २०८३

मुसिकोटमा २३ जना कोरोना संक्रमित भेटिए, अत्यावश्यक बाहेक बाहिर ननिस्कन नगरको आग्रह


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

 

कमल पौडेल

११ असोज, गुल्मी,

गुल्मीको मुसिकोट नगरपालिकाले नगरवासिहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रह गरेको छ। सनिवार नगर प्रमुख सोमनाथ सापकोटाले नगरवासिको लागि अनुरोध सार्वजनिक गर्दै कोरोना भाइरस कोभिड १९ समुदाय स्तरमा फैलिने क्रममा रहेको र उच्च जोखिम भएको भन्दै सो आग्रह गर्नुभएको हो।

कोरोना भाइरस कोभिड १९ को जटिल परिस्थितिमा पनि निरन्तर खटेर सेवा प्रवाह गर्ने क्रममा संक्रमित हुन पुगेका राष्ट्रसेवक कर्मचारी, स्वास्थ्यकर्मि र सुरक्षाकर्मि लगाएत स्थानिय वासिन्दाहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै मेयर सापकोटाले निकट समयमै संक्रमण मुक्त हुनेमा विश्वास व्यक्त गर्नुभएको छ। समुदाय स्तरमै कोरोना संक्रमण देखिँदा पनि निरन्तर नियमित सेवामा खट्ने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मि, सुरक्षाकर्मि लगाएत सम्बद्धको उच्च प्रशंसा गर्दै मेयर सापकोटाले आम नागरिकहरुलाई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई धैर्य, संयमित र सचेत भई आफ्नो दैनिकिहरुलाई सञ्चालन गर्न आग्रह गर्नुभएको छ।

 

मेयर सापकोटाले नगरवासिको जिवन रक्षाको लागि निरन्तर लागि रहेको जानकारी दिँदै आगामी दिनमा अहोरात्र खट्ने प्रतिवद्धता व्यक्त गर्दै सम्पूर्ण नगरवासिको साझा प्रयत्नमा कोरोना विरुद्धको लडाई जितिने विश्वास व्यक्त गर्नुभएको छ।

मुसिकोट नगरपालिकामा १२ जना नगरपालिकाका कर्मचारी सहित जम्मा २३ जनामा कोभिड १९ को सक्रिय संक्रमण रहेको छ। सक्रिय संक्रमितहरुलाई नगरपालिकाले तयार गरेको आइसुलेसनमा राखि उपचार भैरहेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend