logo
  • सोमबार, असोज १२ २०८३

उपचार खर्चको अभावमा अस्पतालको बेडमा छटपटिदै प्यूठानका रेमलाल परियार

सबैसँग सहयोगको लागी अपलि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सूर्य सुनार,गुल्मी असोज ८ ।

आफुसँग उपचार खर्च नहुदाँ प्युठानका रेमलाल परियार गुल्मी अस्पतालको बेडमा जिवन मृत्युको दोषाधमा लडिरहेका छन । प्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर २ डाँडागाउँका रेमलाल परियार उपचार खचको अभावमा अस्पतालको बेडमा छट्पटाईरहेको उनका भाइ यमबहादुर परियारले बताए ।लामो समयसम्म भारतमा रोजगारी गरेर नेपाल फर्किएका उनको श्रीमती ५ सन्तान छोडेर अर्कैसंग भागेकी छिन । बिगत केही समयदेखि गुल्मी जिल्लाको सदरमुकाम तम्घासमा बसेर पालेको काम गरी जिवन निर्वाह गरेका उनी एक्कासी रोग लागेसंगै अस्पतालको बेडमा लडेका हुन । २ छोरा र ३ छोरीको साथमा तम्घासमा बस्दै आएका उनले केहीसमय पहिले मात्रै सबै सन्तानलाई प्युठान घर छोडर आएका थिए । उनका सबै छोराछोरी स साना रहेका छन । ३० बर्षिय रेमलाल परियार श्रीमतिले छोडे पछि बिक्षिप्त बनेका थिए । त्यसैमाथि रोगले चाप्दै लगे पछि उनी अहिले राम्रोसंग बोल्न पनि सक्दैनन ।

तम्घासको गुल्मी जिल्ला अस्पतालमा बिगत ४ दिन देखि उनि लडिरहेका छन। उक्त अस्पतालमा उपचार सम्भव नभए पछि अस्पतालले बुटवल रिफर गर्नुपर्ने बताउदै आएको छ । तर आर्थिक अभावमा उनको उपचारको लागी परिवारजनले बुटवल लैजान सकेका छैनन । उनी अहिले आफ्नी बहिनीको डेरामा बस्दै आएका थिए । घरपरिवारमा खबर गरे पनि आर्थिक अभाव र निरन्तरको झरीले उनको प्युठानमा रहेको घर समेत बगाएर आफन्तीकोमा बस्दै आएको उनका माइला बुवाका छोरा भाई यमबहादुर परियारले बताए । घरमा कुनै सम्पती नभएको र झन पहिराले घर नै बगाए पछि खानबस्नको नै समस्या परेको उनको भनाई छ । उनलाई अस्पतालसम्म भेट्न आउन पनि ठाउँठाउँमा बाटो अवरुद्ध भएकाले आउन सकेका छैनन ।उनको मुटुमा समस्या देखिएकाले बिरामीको अवस्था जटिल बन्दै गएको डाक्टरले बताएको उनका भाईले सुनाए । गरिब दलित परिवारमा जन्मेका उनको आर्थिक अवस्था कम्जोर कै कारणले उपचार हुन सकेको छैन । उनका भाई यमबहादुर परियारले देश तथा बिदेशमा बस्ने सबैसंग सहयोगको याचना गर्नुभएको छ । भोली जो सुकैलाई पनि पर्ने भएकोले सबैले सहयोग गरेर दाईको जिवन रक्षाको लागी उनका भाईले आग्रह गरेका छन । सहयोगको लागी ९८४९१८५८३३ र रेडियो गुल्मीका हुकुम थापाको नम्बर र ९८११४२८८७७ मा सम्पर्क गरेर पनि सहयोग गर्नसक्नहुन्छ । मावन सेवा नै सबै भन्दा ठुलो धर्म हो । सबैजनाले सहयोग गरी परियारको जिवन रक्षाको लागी हामी सम्पुर्णमा हार्दिक आग्रह गर्दछौं ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend