logo
  • शुक्रबार, असोज ९ २०८३

लक डाउन नगर्न सरकारलाई गायक बैकुण्ठ रायमाझिको सुझाव


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, गुल्मी असोज ०७।
कोरोनाको सन्त्रास बढिरहेको तथा लकडाउनलाई कोरोना नियन्त्रणको अस्त्रको रुपमा प्रयोग गरिरहेको सन्दर्भमा लोक गायक बैकुण्ठ रायमाझिको शब्द र संगितमा चेतना मुलक गित लक डाउन नगरौं, सरकार सार्वजनिक भएको छ।

चर्चित लोक गायक रामचन्द्र चन्द, कालिका रोकाको सुरीलो स्वरमा रहेको गितको एरेन्ज पनि गायक चन्दले नै गर्नुभएको छ। हुम गैरेको निर्देशन र सम्पादन रहेको गितको दृश्य निर्माण विशाल म्युजिक प्रालिले गरेको छ भने वजारमा सेरोफेरो नेपालले ल्याएको हो।

गुल्मीको वामीमा जन्मिनुभएका गायक बैकुण्ठ रायमाझिले यस अघि पनि पञ्चैबाजा सहितका विविध गित सार्वजनिक गरिसक्नुभएको छ। भर्खरै सार्वजनिक लक डाउन नगरौं सरकार भन्ने गितमा खानपानमा ध्यान दिएर इम्युन सिस्टम बलियो गराउन सके कोरोना जित्न सकिन्छ भन्ने सन्देश दिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend